-

  • नयाँ खबर

    22 February, 2016

    राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डि.ए.भि.आर.बि. केडिया द्वोश्रो


    वीरगन्ज (पर्सा), १० फागुन / २०७२
    हरिशंकर शर्मा
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित पर्साको पोखरीयामा फागुन ८ र ९ गते सम्पन्न भएको ‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता’ मा डि.ए.भि.आर.बि. केडिया उच्च माध्यमिक विद्यालयका छात्रहरु दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ । 
    पोखरीया स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च मा.वि.को प्राङ्गणमा आयोजित प्रतियोगितामा भोलिबल, कबडी र एथलेटिक्स खेल खेलाइएको थियो भने कबड्डी खेलमा डि.ए.भी.आर.बि. केडिया उमाविका विद्यार्थीहरुले दोश्रो स्थान प्राप्त गरेका थिए । दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडीहरुलाई फागुन ९ गते कार्यक्रमका प्रमुख पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुदीप पौडेल, सचिव शिवनारायण साहले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रशिक्षक नरेश राउत कुर्मीले खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए भने प्रतियोगितामा उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत आकिब अख्तर, राहुल कुमार साह, आर्यन बशिष्ठ, रितिक अग्रवाल, गौरव चौधरी, दिपक सर्राफ, आर्यन झा, मुन्ना यादव र अमन कुमारले भाग लिएका थिए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डि.ए.भि.आर.बि. केडिया द्वोश्रो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top