-

  • नयाँ खबर

    20 February, 2016

    मुर्ली १५ मा सडक ढलान सम्पन्न, बिकास निर्माणका कार्यहरु तदारुकताका साथ संचालन हुने – सांसद यादव

     फागुन ८ वीरगंज, २०७२
    पर्सा क्षेत्र नं. २ का  सांसद बिचारी प्रसाद यादवले आज आफनो निर्वाचन क्षेत्रको जनता संग भेटघाट संगै त्यस क्षेत्रमा भइरहेको बिकास निर्माणको कार्यको स्थलगत निरिक्षण गरेका छन् । सोही क्रममा  यादवले आज वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुर्ली वडा नं. १५ मा निर्माण भइरहेको सडकको अवलोकन गरेका हुन ।  मुर्ली १५ स्थित नेपाल टेलिकमको क्षेत्रिय कार्यालयको  पुर्व पट्टीको सडक ढलान गरिएको हो । ढलान सडक निरिक्षण गर्दै  यादवले  बिगत ६ महिना देखि ठप्प रहेको  पर्साको बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ सम्पन्न हुने बिश्वास व्यक्त गरेका थिए । 
     
    सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव (अनिल), एमालेका स्थानिय नेताहरु मुन्ना कुशवाहा,दिनेश पटेल लगायतको सहभागिता रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मुर्ली १५ मा सडक ढलान सम्पन्न, बिकास निर्माणका कार्यहरु तदारुकताका साथ संचालन हुने – सांसद यादव Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top