-

  • नयाँ खबर

    14 February, 2016

    सत्यतथ्यमा आधारित तर समाजसगं जुडेको पत्रकारिता अहिलेको आवश्यक्ता – शिव गाउँले, गोतामे पत्रकारीता पुरस्कार झापाका मोहन भण्डारीलाई

    फागुन २ पर्सा २०७२   
    जियालाल साह
        नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष शिव गाउलेले सत्यतथ्यमा आधारित तर समाजसगं जुडेको पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताएका छन ।
    पाँचवर्षदेखि निरन्तर रुपमा वीरगंजबाट वितरण गरिदै आएको गोतामे पत्रकारिता पुरस्कार झापाका पत्रकार मोहन भण्डारी विरामीले अस्पतालमा भर्ति भएपछि उनको तर्फबाट उनका भान्जालाई सम्मान गर्दै सम्बोधनको क्रममा गाउलेले समाजसंग जुडेको पत्रकारीता हामीले नगरे समाजले हामीलाई किन मान्ने अबको दिनमा प्रश्न उठदै गएको बताएका थिए । उनले अल्छी पत्रकारीताले हामी स्वयमले समाजलाई विशुद्ध सामाचार सम्वाह नगरेको समेत आरोप लगाएका थिए । हामीले सुनेको र पढेको पत्रकारीतामा सबै मत र राय बाझछन् तर तथ्यमा छेडखानि गर्नु हुदैँनन् । हामीले तथ्यमा एकरुपता ल्याएरै समाजलाई विश्वास दिलाउने तर त्यसो नभएको दुःखेसो पोखेका थिए । एक उदाहरण दिदै गाउलेले, २ः४० मा दुर्घटना भएको गाडि २ः४० मै दुर्घटना भएको हुन्छ, २ बजेतिर पत्रकारिताको सिद्धान्तले लेख्न नपाईने हो, तर आजको अल्छी पत्रकारीताले अझै सुचना प्रवाहमा अपराहण तिर दुर्घटना भएको भनेर भ्रामक सामाचार सम्प्रेशन गरिनु दुःखद भएको बताएका थिए । 
    नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार मोहन भण्डारीका तर्फबाट उनका भान्जालाई सम्मान पत्र सहित आधि तोला सुन र चादिँको फ्रेम सहितको तग्मा प्रदान गरिएको थियो । २०६८ सालमा गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित प्रतिष्ठानले देशभरिबाट ५ जना पत्रकारलाई सम्मान सहित नगदले पुरस्कृत गरिसकेको छ ।
    कार्यक्रममा स्वर्गिय गोपालचन्द्र गौतमका श्रीमति शुधा गौतम, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् मध्यमाञ्चल संयोजक शितल महतो, निम्ति प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, श्रीमति यशोदा गाउले, पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, पत्रकार चन्द्रकिशोर झा, लगायतको उपस्तिथि रहेको थियो । भने कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बरिष्ठ पत्रकार जगदिश शर्माको सभापतित्वमा समपन्न भएको थियो ।




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सत्यतथ्यमा आधारित तर समाजसगं जुडेको पत्रकारिता अहिलेको आवश्यक्ता – शिव गाउँले, गोतामे पत्रकारीता पुरस्कार झापाका मोहन भण्डारीलाई Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top