-

  • नयाँ खबर

    26 February, 2016

    विश्वकै सर्वाधिक सफल मोडेल गिसेल (फोटो फिचर)

    विश्वका का धनी मोडेलहरुमा ब्राजिलकी मोडेल सुन्दरी गिसेल बुन्चडेनको नाम अगाडि आउँछ । यी मोडल महिलाका भित्री वस्त्रका उत्पादक कम्पनी भिक्टोरियाज सेक्रेटका मोडलहरु मध्ये सबैभन्दा सफलतम अनि संसारकै सबैभन्दा धनी मोडलहरुको सूचीमा अग्रपंक्तिमा आउँछिन् ।
     
     ३५ वर्षीया पाँच फिट ११ इन्च उँचाईकी यी मोडेलको कूल सम्पत्ति २९ करोड डलर मानिएको छ । अन्तर्राष्ट्ष्यि मोडलिङ् जगतमा उनको ख्याती यति छ कि संयुक्त राष्ट्संघले उनलाई वातावरणीय सद्भावना दूतका रुपमा समेत नियुक्त गरेको छ । यसैगरी सेभ द चिल्ड्र्ेन, रेडक्रस, डाक्टर्स विदाउट बोडर्स जस्ता सामाजिक संस्थाहरुमा समेत संलग्न छिन् । सन् १९९० को दशकमा गिसेलले नै अन्तर्राष्ट्यि सफलता हासिल गर्ने पहिलो ब्राजिलियन मोडलहरु हुन् ।
     सन् १९९७ देखि मोडलिङ क्यारियर शुरु गरेकी गिसेलले विश्वका प्रसिद्ध कम्पनीहरुका लागि मोडलिङ गरिसकेकी छिन् । 
    मोडलिङका साथै तीन वटा चलचित्रमा अभिनय एवं टेलिभिजनका केही कार्यक्रममा पनि उनी सहभागी भैसकेकी छिन् । सन् २००९ मा अमेरिकी रग्वी खेलाडी टम ब्राडीसँग विवाह गरेकी गिसेलको उनीसँग दुई छोरा छन् । 
    समाजसेवामा समेत चासो राख्ने गिसेलले क्यान्सर अनुसन्धानका लागि सहयोग उठाउन मद्दत गर्नुका साथै अमेरिकामा केही वर्ष अघि आएको क्याट्रिना नामक सामुद्रिक आँधी पीडितलाई दश लाख डलर सहयोग गरेकी थिइन् । अहिले पनि गिसेलको पोल्टामा विश्वका नामी कम्पनीहरुका लागि मोडलिङको कामहरु छन् । केही विश्वप्रसिद्ध फेशन पत्रिकाहरुले गिचेललाई फेशन जगतको राजा मिदासको उपमा दिएका छन् ।
    उनीहरुका भनाईमा गिसेलले मोडलिङ गरेका सबै सामानहरु निकै नै प्रख्यात हुन्छन् र उनीमाथिको लगानी गर्नेले राम्रो रकम फिर्ता पाउँछ । विश्वप्रसिद्ध श्याम्पुदेखि महिला परिधानसम्मका लागि उनले मोडलिङ गरेकी छिन् । महिलाले लगाउने चप्पलदेखि मुख सफा गर्ने ओरल बी , श्याम्पु पेन्टिन तथा घडीहरुमा उनको अझै पनि हालीमुहाली नै छ । सन् २०१४ मा गिसेल ब्राजिलका टेलिभिजनहरुमा छ हजारभन्दा बढी विज्ञापनहरुमा देखिएकी थिइन् जुन आफैमा एक रेकर्ड थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विश्वकै सर्वाधिक सफल मोडेल गिसेल (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top