-

  • नयाँ खबर

    19 February, 2016

    संविधान निर्माणपछिको अवस्था र मिडियाको भुमिका विषयक अन्तक्रिया समपन्न

    फागुन ७ पर्सा, २०७२
    मेरो समय,
    राष्ट्रिय समाचार समितिको ५५ औँ वार्षिकउत्सवको उपलक्ष्यमा आज संविधान निर्माणपछिको अवस्था र मिडियाको भुमिका विषयक अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । 
    नेपाल पत्रकार महासंघको कार्यकक्षमा आयोजित कार्यक्रममा वक्ताहरुले काठमाडौँ केन्द्रित मिडियाले मधेशी शोसित वर्गको अधिकार दिलाउन नसक्ने बताएका छन् । कार्यक्रममा बोल्दै उधोग वाणिज्यसंघका निवर्तमान अध्यक्ष अशोक बैदले मिडियाहरुको पुर्वग्राही सोचले समग्र देशलाई नोक्सानी भईरहेको बताउनु भएको थियो । उनले मधेशी दललाई समेत वीरगंजलाई मृतको शहर नबनाई आन्दोलनको सवरुप परिवर्तन गर्नुपर्ने बताएका थिए । यसैगरी कार्यक्रममा अर्का वक्ता नेपाल बार एकाईका जिल्ला अध्यक्ष प्रमोद साहले मधेशमा जारी आन्दोलन र संविधान निर्माणमा मिडियाको निकै राम्रो र सराहनिय भुमिका रहेको बताउदै अबको बेला सक्तामा र उच्च ओहोदामा रहेका व्यक्तिहरुले यसको आफै पालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । यसैगरी अर्का वक्ता प्रध्यापक डा. हरेराम ठाकुरले अहिले जम्बो मन्त्रिमण्डल बनाएका हाम्रा प्रधानमन्त्रि संविधानमा २२ जना भन्दा बढी भ्रमणमा जान नहुने व्यवस्था हुदाँ हुदैँ संविधानको नियम विपरित जम्बो टोलिलाई भारत भ्रमणमा लग्नु दुर्भाग्य रहेको बताएका थिए । 
    कार्यक्रमा बरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, नागरिक समाजका अगुवा पन्नालाल गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् रा.स.स.माध्यमाञ्चल ब्यूरो प्रमुख शितल महतोको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण कृष्ण उदास खनालले गरेका थिए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संविधान निर्माणपछिको अवस्था र मिडियाको भुमिका विषयक अन्तक्रिया समपन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top