-

  • नयाँ खबर

    25 February, 2016

    मलेसियाले विदेशी कामदार धमाधम पक्राउ गर्न थाल्यो, यस्तो छ ठूलो लक्ष्य

    कोलालामपुर, १३ फागुन । मलेसियाले दैनिक १ हजार ५ सय अबैधानिक आप्रवासी कामदारलाई पक्राउ गर्ने लक्ष्य लिएको छ । जसअन्र्तगत अहिले पक्राउ अभियान ब्यापकरुपमा चलाई रहेको छ । पक्राउ परेकालाई सोझै घरफिर्ती केन्द्रमा पठाईने मलेसिया अध्यागमन बिभागका नवनियुक्त निर्देशक शकिब कुश्मीले बताए । मलेसिया सरकारको यस धरपकड अभियानले अबैधानिक आप्रवासी कामदार घर फर्किने या बैधानिक भएर बस्ने, भन्ने कुराको मार्ग तय गर्ने निर्देशक शकिबले स्पष्ट पारे ।
    सरकारले पुनः प्रक्रियामा आउन अबसर दिएकाले यस प्रक्रियामा नआउनेहरु धरपकड पछि सम्बन्धित मुलुक फर्किनुको बिकल्प नहुने निर्देशक शकिबलाई उद्धिृत गर्दै फ्रि मलेसिया टुडेले खबर छापेको छ । निर्देशक शकिबले ५ लाख अबैधानिक कामदार यसैबर्ष बैधानिक बन्ने पनि बिश्वास ब्यक्त गरे । मलेसिया सरकारले अबैधानिक आप्रवासीलाई धरपकड पनि गर्ने र बैधानिक बन्ने अबसर पनि संगसंगै दिने गर्दा यस्ले थप अन्यौलता पैदा गरीदिएको छ ।

    अबैधानिक कामदार कुनै एकजना रोजगारदाताको साथमा प्रक्रियामा जानुपर्ने हुन्छ । सरकारले अबैधानिक आप्रवासी कामदार माथीको धरपकड जारी राख्दा प्रक्रियामा लैजान रोजगारदाताले समेत आट गर्न नसकेको देखिन्छ । अबैधानिक कामदारलाई आफ्नो बैधाकिन कामदार बनाउन तयारी अबस्थामा बसेका रोजगारदाताहरु पनि सरकारको निती ‘पर्ख र हेर’को सिद्धान्तमा बसेका छन् । – सुदीप निउरे दैनिक नेपाल
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मलेसियाले विदेशी कामदार धमाधम पक्राउ गर्न थाल्यो, यस्तो छ ठूलो लक्ष्य Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top