-

  • नयाँ खबर

    26 February, 2016

    नेपाल एसबीआई र क्लियरिङ हाउसबीच सम्झौता

    काठमाडौँ, १४ फागुन २०७२ । नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउसबीच विद्युतीय भुक्तानी प्रणाली सेवा सञ्चालनका विषयमा सम्झौता भएको छ । सम्झौतामा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र एसबीआईका नायब प्रमुख कार्यकारी अधिकृत भीके त्यागीले हस्ताक्षर गरे ।
    सम्झौताअनुसार क्लियरिङ हाउसले बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि एनसीएचएल आईपीएस प्रणाली उपलब्ध गराउनेछ । यस प्रणालीमार्फत बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिने सेवाका साथै रकम स्थानान्तरण, लाभांश भुक्तानी, सेयरको रकम फिर्ता, बिमा प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सनरतलब भुक्तानी, रेमिट्यान्सलगायतका सेवा प्रदान गर्नेछ ।
    यस सेवाका लागि हालसम्म एससीएचएलले ४० बैंकरवित्तीय संस्थासँग सम्झौता गरिसकेको छ । यस प्रणालीमार्फत कारोबार पारदर्शी हुने, धेरै कारोबार पनि सहजै हुने, जोखिम न्यूनीकरण हुनेलगायत अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवा दिन सक्ने कम्पनीले जनाएको छ । - कारोबार
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल एसबीआई र क्लियरिङ हाउसबीच सम्झौता Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top