-

  • नयाँ खबर

    15 February, 2016

    मधेश आन्दोलनको शिथल्ता र अगामी कार्यदिशाको बारेमा तमलोपाको केन्द्रिय बैठक

    बैठकमा सहभागि केन्द्रिय सदस्य एवम् नेताहरु । तस्बिर : जियालाल साह
    फागुन ३ पर्सा २०७२   
    जियालाल साह
    तराई मधेश लोकतान्त्रिक पार्टिको केन्द्रिय कार्य समितिको बैठक आज बाराको प्रसौनि ९ नौतनको मधेश सेवा आश्रममा सुरु भएको छ ।
    मधेश आन्दोलनको शिथल्ता र अगामी कार्यदिशाको बारेमा छलफल गर्न बोलाएको बैठक आज दिनभर चल्ने पार्टिका महामन्त्रि जितेन्द्र सोनलले जनकारी दिएका छन् । उनले जारी मधेश आन्दोलनको बारेमा समिक्षा गर्दै, अगामी दिनमा पार्टिको कार्यदिशा र मधेश तथा पिछडिएको वर्गको अधिकार सुनिश्चत गर्न कस्ता रणनिति तय गर्ने बारेमा बैठक अधारित रहेको जनकारी गराएका हुन् । यसैगरी जारी मधेश आन्दोलन राजधानि केन्द्रित कुन प्रकारको हुने र यसमा कसको भुमिका हुने बारेमा समेत छलफल हुने महामन्त्री शोनलले जनकारी दिएका छन् । बैठकमा पार्टिका केन्द्रिय अध्यक्ष महन्त ठाकुर, उपाध्यक्ष हृदेश त्रिपाठी, महामन्त्रि गोविन्द्र चौधरी, जितेन्द्र सोनल, सांसद एवम् केन्द्रिय सदस्य गंगालाल यादव, रमेश कुर्मि लगायतको उपस्थिति रहेको छ ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेश आन्दोलनको शिथल्ता र अगामी कार्यदिशाको बारेमा तमलोपाको केन्द्रिय बैठक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top