-

  • नयाँ खबर

    19 February, 2016

    डिल्ली पब्लिक स्कुलको एक हप्ते च्याम्प कनेक्सन सिप्रिङ एक्सपो आज समपन्न

     
    फागुन ७ पर्सा २०७२
    मेरो समय
    डिल्ली पब्लिक स्कुलद्वारा आयोजित च्याम्प कनेक्सन सिप्रिङ एक्सपो २०७२ आज सम्पन्न भएको छ । सरस्वति पुजाको दिनदेखि कदाम्बरी, गुरुकुल, साउथजोन, डिपिएस लगायत ८ वटा विद्यालयको सहभागितामा आयोजित एक्स्पो आज एक कार्यक्रमको विच उपाधि जितेका विद्यार्थीहरुलाई सम्मान गर्दै समपन्न भएको छ । 

    एक हप्तादेखि चलेको कार्यक्रममा चित्रकला, लेख्न, गायन, नृत्य, कालाकारीता, योजना विभाजन लगायतको कार्यक्रम भएको थियो । विषेश गरेर खेल लगायत अतिरिक्त विषयलाई उज्जागर गरेर विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उदेश्यले यस प्रकारको कार्यक्रम आयोजना गरेको डिल्ली पब्लक स्कुलका प्रधानाध्यापक मनिष कुमार कर्णले बताएका छन् । कार्यक्रममा विभिन्न प्रकारका प्रदर्शनीहरु प्रदर्शन गरेको थियो । समापन समारोहमा आज कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले जिल्लाका ८ वटा सहभागि विद्यालयहरुका विजेता, उप विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार दिई सम्मान गरेको थियो ।



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: डिल्ली पब्लिक स्कुलको एक हप्ते च्याम्प कनेक्सन सिप्रिङ एक्सपो आज समपन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top