-

  • नयाँ खबर

    25 February, 2016

    बेलायती राजकुमारले नेपालमा ! के के गर्नेछन् ४ दिन !

     काठमाडौँ  १३ फागुन २०७२, बेलायती राजकुमार ह्यारी चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। उनी आउँदो चैत ७ गते नेपाल आउन लागेका हुन्। ह्यारी पहिलोपटक नेपाल आउँदैछन्। किङ्गस्टन प्यालेसले नेपालको पहाडी क्षेत्रको फोटो समेत ट्विट गर्दै भ्रमणको मितिबारे जानकारी दिएको हो।

    के के गर्नेछन् ह्यारीले ?

    उनले काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्। त्यस्तै उनले भूकम्पबाट पीडितहरुसँग पनि भेटघाट गर्नेछन्। उनले भूकम्प पछिको पुनस् निर्माणमा भइरहेको प्रगतिका विषयमा समेत जानकारी लिनेछन्। 
    बेलायती गोर्खा सैनिकसँगै अफगानिस्तामा समय बिताएका ह्यारीले पोखरामा बेलायी गोर्खा क्याम्पको भ्रमण गर्नेछन्। त्यस्तै उनले गोर्खा भर्ती प्रक्रियाबारे समेत जानकारी लिनेछन्। साथै गोर्खा सैनिकमा भर्ती हुने समुदायहरुसँग समेत उनले अन्तरक्रिया गर्नेछन्। साथै भूकम्प प्रभावित गोर्खा सैनिकहरुको परिवारसँग समेत उनले भेट्नेछन्।
    साथै ह्यारीले ट्रेकिङमा समेत जाने तयारी गरेका छन्। साथै उनले चितवन वा बर्दिया मध्ये एउटा निकुञ्ज समेत भ्रमण गर्ने तयारी गरेका छन्।
    बेयालत स्थित किङ्गस्टन प्यालेसले ह्यारीले लामो समय देखि नेपाल भ्रमणमा जाने इच्छा व्यक्त गरेको उल्लेख गरेको छ।
    प्यालेसले नेपाल र बेलायतको द्वैत्य सम्बन्ध कायम भएको २ सय वर्ष मनाइरहेको बेला भ्रमण हुन लागेको जनाएको छ। भ्रमणबाट दुई देशको सम्बन्ध र स्वागत एवम् सत्कारको परम्परा थप बलियो हुने विश्वास बेलायतले लिएको छ।
    यसअघि गोर्खा भर्ती सुरु भएको २ सय वर्षको उपलक्ष्यमा बेलायत स्थित गोर्खा बटालियनले आयोजना गरेको कार्यक्रमा बेलायती महारानी सहभागी भएकी थिइन्। उक्त कार्यक्रममा महारानी एलिजाबेथका पतिले खुकुरी नचाएका थिए। 

    त्यस्तै केहि अघि अप्रत्यासित रुपमा बेलायती राजकुमार विलियम्स लण्डन स्थित नेपाली दुतावास पुगेका थिए। उनले भूकम्पमा परी मृत्यु भएका नेपालीहरुको सम्झनामा श्रद्धाञ्जलि पुस्तिकामा हस्ताक्षर समेत गरेका थिए। - पहिलोपोस्ट
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बेलायती राजकुमारले नेपालमा ! के के गर्नेछन् ४ दिन ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top