-

  • नयाँ खबर

    15 February, 2016

    ‘माल्दिभ्ससँगको गल्ती नदोहोर्याए फाइनल जित्छौं’

    सन् १९९३ को दक्षिण एशियाली खेलकुदको फूटबलमा स्वर्ण पदक जित्दा पनि हाम्रो प्रतिद्वन्द्वी भारत नै थियो । १२ औं सागमा पनि फाइनलमा भारतसँगै प्रतिस्पर्धा गर्दैछौं । नेपाली टीमले सेमिफाइलनमा माल्दिभ्ससँग जसरी ‘कमब्याक’ गर्यो, त्यो हेर्दा हामी उपाधि जित्न सक्षम छौं । खेल सकिन केही मिनेट बाँकी छँदा ३–२ गोल अन्तरले पछि परेको अवस्थामा नतिजा उल्ट्याउन सक्नु चमत्कार जत्तिकै हो । नेपाली फुटबलमा मात्रै होइन, आधुनिक फुटबलमै त्यो दुर्लभ सफलता थियो । ११ जनाविरुद्ध १० जनालाई कमब्याक गर्न त असम्भवप्रायः नै हुन्छ ।
    संजीव मिश्र, फुटबल विश्लेषक
    तर अस्तिको जितमा दंग परेर बस्ने बेला होइन, यो । माल्दिभ्ससँगको गल्ती भारतसँग कुनै पनि हालतमा दोहोर्याउनु हुँदैन, खासगरी गोलकिपिङ र डिफेन्स लाइनले । माल्दिभ्सको तेस्रो गोल हुनुमा किपरको कमजोरी देखियो । इजी बलमा गोल भयो । किपरलाई कसैले डिस्टर्ब पनि गरेको थिएन । नियन्त्रणमा लिन नसक्ने अवस्थामा बललाई पंच गर्नु पर्दथ्यो । बल खसिसकेपछि पनि ‘मुभ स्लो’ देखियो । दोस्रो गोल पनि बचाउन नसकिने खालको थिएन ।
    यस्ता कमीकमजोरीका वावजुद समग्रमा सेमिफाइलको प्रदर्शन राम्रो भएरै नतिजा हाम्रो पक्षमा आयो । नेपाली खेलाडीले ६० मिनेट भन्दा बढी समय खेल्न सक्दैनन् भन्ने आरोप पनि यसपटक लगत सावित भयो । खेलाडीहरू १२० मिनेटसम्म डटेर खेले ।
    सागकै प्रदर्शनको कुरा गर्ने हो भने समूह चरणको पहिलो खेलमा श्रीलंकासँग १–० ले हारेको भारतले माल्दिभ्ससँग ३–२ को नतिजा निकाल्यो । सेमीफाइनलमा बंगलादेशलाई ३–० ले हरायो । यसले उनीहरूको प्रदर्शन सुदृढ हुँदै गएको देखाउँछ ।
    सेमिफाइनलमा रातो कार्ड पाएकाले फाइनलमा डिफेन्डर कमल श्रेष्ठले खेल्न पाउने छैनन् । कमल राम्रा खेलाडी हुन । भारतको सिनियर टीम हामीभन्दा बलियो छ, तर उमेर समूहमा हामी उनीहरू भन्दा कम छैनौं । खासगरी फरवार्ड लाइन र मिडफिल्ड जमेको देखिन्छ । ५०–५० को अवस्था भए पनि अस्तिको मनोबल कायम राख्न सक्दा नतिजा हाम्रो पक्षमा आउँछ भन्ने विश्वास छ ।
    महिला टीम विना दवाव खेल्नुपर्छ
    स्वर्ण पदकका लागि हाम्रो महिला टीमले पनि भारतसँगै प्रतिस्पर्धा गर्दैछ । अंक तालिकामा भारतभन्दा हामी दुई अंक माथि छौं । फाइनलमा हामी उनीहरूसँगै पराजित हुँदै आएका छौं । तर यसपटक समूह चरणको खेलमा गोल रहित बराबरी खेल्यौं । विगतको अनुभव हेर्दा नेपाली टोलीले फाइनलमा धेरै दवाव लिएको देखिन्थ्यो । यसपटक अनावश्यक दवाव नलिएर मैदानमा उत्रने हो भने नतिजा हाम्रो पक्षमा आउन सक्दछ । समूह चरणमा हामी पनि कसैसँग पराजित भएका छैनौं भन्ने विर्सनु हुँदैन ।(वार्तामा आधारित)
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘माल्दिभ्ससँगको गल्ती नदोहोर्याए फाइनल जित्छौं’ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top