-

  • नयाँ खबर

    14 February, 2016

    नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा


    १ फागुन, भारत । नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।
    शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४(३ गोलको रोमान्चक जित हात पारेको छ । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
    तर, अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाट्रिक मात्र पुरा गरेनन्, नेपाललाई १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुर्‍याएको छ ।
    १९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो । त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको थियो, शनिबार इतिहास दोहोर्‍याएको छ ।
    उसले त नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि नेपालले माल्दिभ्सलाई नै हराएको थियो । र, उक्त खेलमा पनि नवयुगले हृयाट्रिक गरेका थिए ।
    गुवाहटीमा भएको खेलमा नेपालले १५ औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा उत्कृष्ट फुटबल खेलेको नेपालले ३६ औं मिनेटमा नवयुगको गोलबाट अग्रता दोब्बर पार्‍यो ।
    तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औं मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जाले गोल गरे । ६५ औं मिनेटमा नेपाललाई ठूलो धक्का लाग्यो । कमल श्रेष्ठ दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसको माल्दिभ्सले फाइदा उठायो र नेपाललाई लगातार दबाबमा राख्यो । 
    ८५ औं मिनेटमा नासिदले बराबरी गोल फर्काए । खेलमा थप गोल भएन र अतिरिक्त समयमा धकेलियो । ११५ औं मिनेटमा हसन जइजले गोल गर्दै माल्दिभ्सलाई ३(२ अग्रता दिलाए । तर, अन्तिम दुई मिनेटमा नेपालले दुई गोल फर्काउँदै नाटकीय जित हात पारेको छ ।
    खेलको अन्तिम मिनेटमा नवयुगले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा जाने धेरैको अनुमान थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा नवयुगले हृयाट्रिक पुरा गरे र नेपाल विजयी भएको छ ।
    अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top