-

  • नयाँ खबर

    24 February, 2016

    प्रहरी घुसकाण्डमा दस महिनामा १ हजार ५९ प्रहरी कारबाहीमा

    फागुन, १२ काठमाडौं २०७२। सुरक्षा साटो कमाउधन्दामा लागेको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसपी विकास खनाल अनुसन्धान दायरामा तानिए ।
    आर्थिक चललेखमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा हेडक्वाटर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको आजको नागरिक दैनिकमा समाचार छ ।
    जिल्ला प्रहरी कार्यालय, बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसंग घुस लिँदालिँदै प्रक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्वाटर तानिए ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई एक लाख ५० हजार सहित पक्राउ गरी अनुसन्धान गदौ परियारसमेत जोडिएपछि प्रधान कार्यालयले उनलाई तत्काल हेडक्वाटर तथानेर आफूले समेत अनुसन्धान अगाडि बढाएको हो ।
    प्रहरीबाट हुने आर्थिक अनियमिताले संगठनकै बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति ल्याएको चार वर्ष आघिसक्यो ।
    तर, यो अवधिमा उक्त नीतिको प्रभावकारिता नै शून्यझै हुन पुगेको छ । पछिल्लो दस महिनामा एसएसपीदेखि प्रहरी जवानसम्म १ हजार ५९ प्रहरी कारबाहीमा परेका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरी घुसकाण्डमा दस महिनामा १ हजार ५९ प्रहरी कारबाहीमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top