-

  • नयाँ खबर

    25 February, 2016

    नेपाली बालिका आशाले छेडिन् अष्ट्रेलियामा अध्यागमन बहस

    काठमाडौं १३ फागुन २०७२ । ११ फागुन, काठमाडौं । एक वर्षकी नेपाली बलिकालाई लिएर अष्ट्रेलियाको अध्यागमन नीतिमाथि ठूलो बहस छेडिएको छ ।
    अष्ट्रेलियाली सञ्चार माध्यमहरुमा दिनहुँ आशा नाम गरेकी नेपाली बालिकाको समाचार आउने गरेको छ । यो उनको विषयसँग जोडेर अष्ट्रेलियाको अध्यागमन नीतिमाथि पक्ष र विपक्षमा बहसहरु भइरहेको छ ।
    अष्ट्रेलियाले अवैध आप्रवासीहरुलाई नारु टापुमा डिटेन्सन सेन्टरमा पठाउने गरेको छ, जुन कम सुविधा सम्पन्न ठाउँ हो । अहिले त्यहाँ १४ सय मानिस छन्, जसमध्ये एक नेपाली परिवार पनि पर्‍यो ।
    हालै अष्ट्रेलियाको उच्च अदालतले विदेशी भूमिमा डिटेन्सन सेन्टर चलाउनु गलत भएको भन्दै मुद्धा पनि परेको थियो । अदालतले सरकारकै पक्षमा निर्णय गर्‍यो । तर, डिटेन्सन सेन्टरमा रहेका एक नेपाली परिवारमा जन्मिएकी आशालाई जनवरी अन्तिममा तातोपानीले पोलेपछि यो विषय चर्चामा आयो ।
    समाचारहरुमा जनाइए अनुसार आशालाई सुविधा सम्पन्न अस्पतालमा अस्पतालमा लैजान डाक्टरहरुले सिफारिस गरे । तर, नारुमा बसिरहेको उनको परिवारले वैधानिक मान्यता पाइसकेको थिएन ।
    आशाको परिवारले उपचारका लागि अष्ट्रेलिया जान त पायो तर,कति समय अष्ट्रेलिया बस्न दिने भनेर बहस भइरहेको छ । सुरुमा त डाक्टरहरुले नारु पठाउने हो भने आशालाई डिस्चार्ज नै नगर्ने बताएका थिए । तर, सरकारको दबाबपछि सोमबार उनी डिचार्ज भएकी छन् ।
    जानीजानी तातोपानीले पोलेको आरोप
    आशा र उनको परिवार अहिले ब्रिसबेनमै राखिएको छ । तर, उनीहरु कति दिन बस्न दिने भन्ने तय भएको छैन । अस्पताल र नारुको दुरी ३ हजार ३ सय किलोमिटर छ र आशालाई विमानबाटै अस्पताल लगिएको थियो ।
    तर, प्रहरी स्रोतलाई उदृत गर्दै केही सञ्चार माध्यममा आशालाई उनकी आमाले जानीजानी तातोपानी खन्याएको आरोप लगाएको छ । उनले अष्ट्रेलिया जानकै लागि यस्तो गरेको आरोप लगाएको छ ।
    क्विन्सल्याण्ड प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । उनकी आमाले भने आरोप अस्वीकार गरेकी छन् । अधिकारीहरुले आशाको परिवारमाथि किन पनि आशंका गरिरहेका छन् भने नारुमा २६७ वटा यस्तै घटना भएको छ । जो, उपचारका नाममा अष्ट्रेलिया छिरिसकेका छन् ।
    अष्ट्रेलियाका अध्यगमन मन्त्री पिटर डटनले भने(यो केसका कारण नारुमा आउने र उपचारका नाममा अष्टे्रलियाको टिकट पाइन्छ भन्ने भन्ने सन्देश दिन चाहँदैनौं ।’
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली बालिका आशाले छेडिन् अष्ट्रेलियामा अध्यागमन बहस Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top