-

  • नयाँ खबर

    18 February, 2016

    वीरगंजस्थीत बन्दरगाहको व्यवस्थापनका लागि छलफल समपन्न ।

    फागुन ६ वीरगंज २०७२
    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतको समुपस्थितिमा श्रीसिया सुख्खा बन्दरगाहको प्रभावकारी व्यवस्थापन सम्बन्धमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आज छलफल गरियो । 
    वीउवासङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले आयातकर्ताहरुले तिर्नुपर्ने डेमरेज र डिटेन्शन लगायतका विषयहरु र ड्राईपोर्टको प्रभावकारी सञ्चालन र हिमालयन टर्मिनल्सले तत्कालै सुधार गर्नुपर्ने आन्तरिक व्यवस्थापनका बारे आफ्नो मन्तव्यका क्रममा प्रस्तुत गर्नु भएको थियो । 
    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले श्रीसिया सुख्खा बन्दरगाहको सफल सञ्चालन गर्नको निमित्त नियमित अनुगमन तथा निरीक्षण गर्ने र समस्याहरुको समाधानको लागि प्रभावकारी पहल गर्नु बताउनुभयो । 
    छलफलमा हिमालयन टर्मिनल्सले आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने, कन्टेनर अनलोड गर्ने उपकरणहरुको पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने,सुख्खा बन्दरगाह व्यवस्थापनको वीउवासङ्घको प्रतिनिधित्व रहने गरी एउटा समिति बनाउने, आयातकर्ताहरुको गुनासो सुन्ने र उचित जवाफ दिन सक्ने स्रोत व्यक्ति तोक्ने लगायतका निर्णयहरु गरियो । 
    छलफल कार्यक्रममा वीउवासङ्घका नि. अध्यक्ष अशोककुमार वैध, सुख्खा बन्दरगाह भंसार कार्यालयका भंसार अधिकृत हरिहर पौडेल, हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरी, वीउवासङ्घका पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, आयातकर्ताहरु, भंसार एजेन्टहरुको सहभागिता रहेको थियो । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजस्थीत बन्दरगाहको व्यवस्थापनका लागि छलफल समपन्न । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top