-

  • नयाँ खबर

    20 February, 2016

    जिल्ला स्तरिय राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगित पोखरीयामा शुरु


    वीरगंज, ८ फागुन, २०७२
    जिल्ला खेलकुद विकास समिति पर्साको आयोजनामा विद्यालय स्तरिय राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगिता पर्सामा सुरु भएको छ ।
    बिगतका वर्षहरु जस्तै यस वर्ष पनि पर्साको श्री रामदेवी उच्च माध्यमिक विद्यालय पोखरियामा सुरु भएको हो । प्रतियोगिताको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले छेलो फाली खेलको उदघाटन गर्नु भएको थियो । जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरका प्रतियोगिता हुदै शनिबार जिल्ला स्तरिय राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगिताको शुभारम्भ भएको हो । 
    जिल्लाका विभिन्न २७ वटा विद्यालयहरुको सहभागिता हुने जिल्ला स्तरिय राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगितामा २२५ जना विद्यार्थी खेलाडिहरु सहभागी भएको जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुदिप पौडेलले बताउनु भयो । प्रतियोगितामा एथलेटिक्स लगायत भलिबल र कबडी खेलहरु हुने आयोजकले जनाएको छ । जिल्ला स्तरिय खेलकुद प्रतियोगिताको उदघाटन कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल पर्साका प्रहरी उपरिक्षक भिम बहादुर थापा विशेष अतिथिका रुपमा सहभागी हुनु भएको थियो भने आयोजक जिल्ला खेलकुद विकास समितिका सचिव शिवनारायण साह, कोषाध्यक्ष निसान्त लामिछाने, सदस्य सपना बस्नेत, एथलेटिक्सका प्रमुख प्रशिक्षक अमिरी यादव र राजाबाबु रौनियारको पनि विशेष उपस्थिति रहेको थियो । उदघाटन समारोहमा स्वागत मनतव्य रामदेव उच्च मावि पोखरियाका प्रधानाध्यापक व्यास महतोले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संतोष खनालले गर्नु भएको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जिल्ला स्तरिय राष्ट्रपति रनिड्ड शिल्ड प्रतियोगित पोखरीयामा शुरु Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top