-

  • नयाँ खबर

    15 February, 2016

    शहिद तथा घाइते परिवारलाई सहयोग तथा सम्मान

    फागुन ३ वीरगंज २०७२
    मधेस आन्दोलनकारी समिति पर्साले आज शहिद परिवार तथा घाइतेलाई सम्मान गरेको छ ।वीरगंजको माईस्थानमा भएको कार्यक्रममा वक्ताहरुले तीन दलिय सरकारले मधेसमा मागहरु अहिले सम्म सम्बोधन नगरेको चर्चा गर्दै मधेस केन्द्रित राजनीतिक दलहरुले समेत मधेसको माग प्रति वफादार नभएको आरोप लगाउनु भएको छ । जारी मधेस आन्दोलका शहिद एवं घाइते परिवारलाई मधेस केन्द्रित नेताहरुले कुनै वास्ता नगरेको आरोप लगाउदै मधेसी नेताहरुले मधेसलाई कमजोर पार्ने कुनै पनि किसिमको राज्यसंग सम्झौता गरे आफुहरुलाई स्विकार्य नहुने बताएका छन् ।
    मधेस आन्दोलनकारी समितिका संयोजक बिनेश पटेल, तराई मधेस राष्ट्रिय अभियानका सिपु तिवारी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं महिला नेतृ करिमा बेगम, आन्दोलनकारी समितिका कोषाध्यक्ष धुरेन्द्र पटेल, अनिल साह लगायतकाले शहिद परिवार तथा घाइतेहरुलाई जनहि २१ सय रुपैया तथा सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
    मधेस आन्दोलनकारी समितिका संयोजक विनेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा शहिद दिलिप चौरसियाका बुवा रामेश्वर चौरसिया, शहिद धर्मराज सिंहका दाई करण कुमार सिंह, शहिद शत्रुध्न पटेलका आमा कुसुमी देवी, शहिद चन्दन पटेलका बुवा मनोज कुर्मी, शहिद दिनानाथ साहका बुवा रामचन्द्र पटेल, शहिद भोला साहका बुवा कुञ्जबिहारी साह, शहिद सोहन साह कलवारका पत्नी बिनिता देवी, त्यसैगरी आन्दोलनकारी समितिका सह संयोजक अनिल गुप्ता, सचिव जलेश्वर सर्राफ, सहसचिव जयद हुसैन, कोषाध्यक्ष धुरेन्द्र पटेल, सहकोषाध्यक्ष संजय पटेल, सल्लाहकार संतोष साह, महम्मद समसुल मिया, जादोलाल साह, महिला नेतृ अनिता रौनियार, रेखा साह, घाइते अनिल कुशवाहा लगायतकाले मधेस आन्दोलन अहिले समाप्त नभएको भन्दै नेताहरुलाई खबरदारी समेत गराएका थिए ।कार्यक्रममा महिला नेतृ करिमा बेगम, सिपु तिवारी, भागीरथ साह, सागिर खान, विष्णु पटेल, धिरेन्द्र पटेल, जैन सिंह लगायतको उपस्थिति रहेको थियो ।श्रोता क्लबका प्रकाश चौधरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन धननजिव मिश्रा गरेका थिए । कार्यक्रममा “लाठी फाठा लेके होख तइयार” बोलको गायक धुरेन्द्र सहनी र गायक जितेन्द्र पटेलले मधेस आन्दोलन र शहिदहरु प्रति गित संगित प्रस्तुत गरेका थिए । इमेलबाट प्राप्त
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शहिद तथा घाइते परिवारलाई सहयोग तथा सम्मान Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top