-

  • नयाँ खबर

    25 February, 2016

    ४२ महिनापछि छुटे संजय दत्त (फोटो फिचर)

        ‘२३ वर्षदेखि स्वतन्त्र हुने दिनको पखाईमा थिएँ’
    फाल्गुन १३, २०७२( ४२ महिनाको काराबास सजाय पूरा गरी बलिउड अभिनेता संजय दत्त आज जेल मुक्त भएका छन् । पुनाको यरवाडा कारागारबाट मुक्त भएर आज मुम्बई आइपुगेका संजय आफ्नी आमा नरगिसको समाधिमा पुगेका थिए ।
    १९९३ को बम्बै बिस्फोटका बेला गैह्र कानुनी रुपमा एके ४७ आफ्नो साथमा राखेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । जेलमा राम्रो व्यवहार प्रदर्शन गरेको भनेर उनलाई तोकिएको सजाय पूरा हुनु केही महिना बाँकी हुँदै मुक्त गरिएको हो । जेलबाट बाहिर निस्किएपछि उनले आफू बसेको जेललाई सलाम गरेका थिए ।

    ५६ वर्षिय संजय चाटर्ड हवाइजहाजमा श्रीमती मान्यता र छोराछोरीका साथ पुनाबाट बम्बै आएका थिए । संजय दत्तको सुरक्षाका लागि भन्दै अर्का स्टार सलमान खानले मुम्बई एयरपोर्टमा बडिगार्ड पठाएका थिए ।
    १९९३ मा पहिलोपटक गिरफ्तार गरिएका संजयले त्यसबेला १८ महिना जेलमा बिताएका थिए । पछिल्लो पटक भारतको सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो ।
    मुम्बईस्थित आफ्नो घर आइपुगेपछि संजयले आफू पछिल्लो २३ वर्षदेखि स्वतन्त्र व्यक्तिका रुपमा बाँच्ने रहर पूरा भएको बताएका थिए । ‘म बल्ल खुशी भएको छु, अब म स्वतन्त्र भएको छु,’ उनले भने ।
    यसै वर्ष बलिउडका सफल निर्देशक राजकुमार हिरानीले संजयको जीवन माथि फिल्म बनाउने तयारी गरिरहेका छन्, जसमा रणवीर कपुरले दत्तको भूमिकामा अभिनय गर्दैछन् । उनी पछिल्लो पटक हिरानीकै फिल्म ‘पिके’मा देखिएका थिए । पुनामा संजयलाई ‘रिसिभ’ गर्न जानेमा हिरानी पनि थिए ।

    आफ्नो समयका प्रसिद्ध अभिनेता–अभिनेत्री सुनिल दत्त र नरगिसका छोरा संजय बलिउडमा स्टाइलिस हिरो मानिन्छन् ।- कान्तिपुर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ४२ महिनापछि छुटे संजय दत्त (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top