-

  • नयाँ खबर

    11 February, 2016

    नेपाल नामिबियासँग १५ रनले पराजित दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित

    माघ २८, २०७२( नामिबियासँग भएको प्लेअफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ । टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
    २ सय २६ रनको विजय लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रममा व्याट्सम्यानले चल्न सकेनन् ।
    नामिबियाका लोहन लौरेन्सले सर्वाधिक ५९ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिन सफल भए भने सुशील कँडेलले २ विकेटे लिए ।
    नेपालको तर्फबाट सुनील धमलाले ८४ बलमा ५९ रन बनाए । नेपालको इनिङ धरासयी बनाउने क्रममा नामिबियाका फ्रेटज कोट्जी र माइकल भान लिङेगेनले ३र३ विकेट लिए ।
    नेपाल पराजित भएसँगै आईसीसी यू–१९ विश्वकपमा सिधै प्रवेश अथवा छनोटको लामो र अनिश्चित प्रक्रियाबाट गुज्रिएको छ ।
    नेपालले फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को हालै बसेको बैठकले बंगलादेशमा भइरहेको युवा विश्वकपमा एसोसियट देशमध्ये शीर्ष स्थानमा रहनेले दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउने निर्णय गरेको थियो । यो एक भाग्यमानी टिम नामिबिया भएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल नामिबियासँग १५ रनले पराजित दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top