-

  • नयाँ खबर

    03 February, 2016

    तिमी जे होईनौ त्यो नदेखाउ , जे छौ त्यो नछोप ! कबीरा खडे बाजारमें , सबकी मागे खैर , ना काहु से दोस्ती , ना काहु से बैर ।

    •  भीमसेन सापकोटा

    ती एक लाई जान , जसलाई जाने पछि अरू जान्न केही बांकी हुनेछैन । (शिवसुत्र)
    सबै भनिरहेका थिए , “यो वेश्या हो १ त्यसैले अब ढुङ्गाले हानेर मार्न तयार बन। ” परम्परा अनुसार वेश्यालाई घिसारेर सडक विचमा ल्याई ढुङ्गाले हानेर मार्न तयार भएको एक भीडमा जिसस पुगे । उनले भने , “एकै छिन पर्ख १” भीडका अरूले चिच्याएर भने ‘किन पर्खने हाम्रो शास्त्रमा उल्लेख छ कि, वेश्यालाई सडकविच ढुङ्गाले हानेर मार्नै पर्छ । जिससले थपे , ” ठीक छ ,हाम्रो शास्त्रमा यो पनि लेखिएको छ कि , जसले पाप गर्छ ,त्यसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ , त्यहि न हो, तिमीहरूले भन्न खोजेको १” हो त्यहि हो “१ जिससले पुन थपे “त्यसो भए , यीनलाई ढुङ्गा हान्ने अधिकार त्यसलाई मात्र छ जसले जीवनमा पाप गरेकै छैन ,। यो सुने पछि सबै लज्जित बने , कोहि कसैका हात उठेननन्। त्यसपछि सबै फर्किएर गए ।
    कुनै न कुनै पाप सबै बाट जान(अन्जानमा भएकै हुन्छ । कुनै समयमा नजानेर पाप गर्दैमा उसलाई सुध्रने मौका बन्द गर्नै पर्छ भनेन छैन । उनलाई सोधिएको थियो तिमीले तिमिले किन यसो गर्यौ ‘वेश्या देखेनौ १रु जवाफ थियो स् जुन दिन देखि म भित्रको वेश्यापन र रण्डो मर्यो त्यो दिन देखि वाहिर संसारमा कोहि वेश्या देखिन” । यसको अर्थ हो ,वाहिर जे देखिन्छ त्यो त भित्री मनको प्रतिबिम्ब न हो “। सिग्मन्ड फ्रायड ले भनेकाछन् – तिमी जे सोच्छौ वाहिरी संसार त्यसको प्रतिविम्ब हो । सद्दविचार बोकेर हिंड्ने मान्छेको अगाडि सबै कुरा सकारात्मक देखिन्छ । साधु मनले कसैलाई छोरा देख्दैन । 
    महाभारत पुराणमा उल्लेख भए अनुसार युद्धिष्ठिरले समाजका सबैलाई मित्र देखेका थिए ,भने दुर्योजनले सबैलाई दुस्ट देखेका थिए। बुद्दको अगाडि डाकु पनि सन्त बने , अङुलिवाला बुद्दकै सत्सङ्गले साधु बने । जब सम्म मनको विचार चोखिंंदैन तब सम्म वाहिर संसार चोखो देख्न सकिंदैन । यिनै सन्दर्भलाई साधु कवीरले यसरी दर्शाएका थिए ” कबीरा खडे बाजारमें , सबकी मागे खैर , ना काहु से दोस्ती , ना काहु से बैर ।” सुखको लागि मानिस सबै थोक बदल्छ , भेष बदल्छ , देश बदल्छ ,घर , जागिर , मित्र बदल्छ , श्रीमान (श्रीमती बदल्छ तर पनि दुस्खि हुन्छ किनकि उ आफु भित्रको स्वभाव र सन्सारलाई हेर्ने दृष्‍टिकोण बदल्न सक्दैन । अरूकुरा बदल्नै नहुने होइन तर आफु पनि सँगइ बदलियो भने दुस्ख बाट मुक्ति मिल्छ भन्ने कुरा साश्वत सत्य हो । त्यसैले भनिन्छ ‘ सुखि रहन झोपडी बदलेर हुंदैन बरू खोपडी बदल्ने अभ्यासमा लाग्नु बेस हुन्छ । यसैलाई अमृत बिन्दु उपनिषद (२ मा भनिएको छ ” मन एवं मनुष्याणां कारणं बन्धमोक्षयो । (मानिसको बन्धन र मोक्षको कारण नै मन हो । केहो त त्यो मन नियन्त्रण क ला १ प्रथम रुची , दोस्रो प्रयास । तेस्रो निरन्तरता । चौथा उचाई वरण, सकारात्मक सोच को बिकास , पांचौ सम्यक जीवन ,सम्यक सोच र सम्यक कर्मको निरन्तर यात्रा।
    प्रकाश को गती १,८६ हजार माईल प्रती सेकेन्ड हुन्छ ।तर हाम्रो मनको गति समयातित छ , असिमित गती छ । विचार ईथर भन्दा पातलो हुन्छ । विद्दुत ईथर मार्फत टाढा टाढा फैलिन सक्छ । यस्तै मनको तरङ्ग पनि विना उपकरण टाढासम्म फैलिन्छ । विचार विजुली चम्के झैं आफ्नो वरिपरि फैलिन्छ , बातावरण समाज हुंदै मानिसको मस्तिष्क मा पुग्छ । त्यसैले शुद्द र सकारात्मक मन भएका मानिसले सहिष्णुता, शान्ति र विभेद रहित उर्जा प्रवाह गर्दछ ।त्यसैले सद्विचारवाला ब्यक्तिको नजिक मा रहंदा, वार्ता गर्दा आनन्द र शान्ति सजिलै प्राप्त हुन्छ ।

    जुन गाउंमा झगडा छ बुद्द त्यहां हजारौं आफ्ना शिष्य सहित जानु हुन्थ्यो र त्यो गाउं विना कुनै कारण उहांहरूको उपस्थितिले नै शान्ति मय बन्थ्यो भन्ने प्रमाण बुद्द साहित्य मा छ । यसोत सकारात्मक विचार राख्ने र यहि बाटोमा हिंड्ने सत्पुरुषहरू स्वेट मार्डेन ,जेम्स एलेन ,नोमर्न भिन्सेन्ट , गुरु आनन्द मुर्ति ,गौतम बुद्द, स्वामि विवेकानन्द , नानक , सन्त कविर, गोरक्ष नाथ ,डा स्वामि प्रपन्नाचार्य लगायतले सयौं को जीवन धन्य बनाउन सफल भए । भाषण , वार्ता र सत्सङ्ग बाट लाखौंमा सकारात्मक भाव , आत्मविश्वास जगाए । अहिले तपाईं स्वयं एउटा सकारात्मक विचार भएको ब्यक्ति सँग संगत बढाउनुहोस् , आफ्नै अनुभवले तपाईंलाई धेरै कुरा सिकाउने छ ।
    सबै तिमी जीवनमा यति खुसी साथ बांच कि , यदि कहिले काहि दुस्ख आईहाल्यो भने उसलाई लागोस् कि म् त गलत जग्गामा आएछु ।
    यस्तै एक सांसारिक ब्यक्ति , बदला बोकेको मानिस ,कलुषित मान्छेले वरिपरिको बातावरण मा असन्तोष फैलाउंछ । उनिहरूले फैलाएका घ्रिणा , राग ,द्वेष विस्तारै अरूको मस्तिष्कमा जान्छ र आफु दुखि बन्छन् र अरूलाई पनि दुखि बनाउंछन्। अरूको दुस्ख हेरेर मजा लिने मान्छे आफु कहिल्यै दुस्ख बाट मुक्ति प्राप्त गर्न सक्दैन । त्यसैले आजै बाट जीवनका हरेक दिन राम्रा दिन हुन् भनेर हेर्ने गरौं । हरेक दिन राम्रा नहुन सक्छन् तर हरेक दिनमा कुनै न कुनै चिज राम्रो घटेकै हुन्छ । त्यहि राम्रो कुरालाई डायरिमा लेख्नुहोस्। प्रेरणा का स्रोत बनाउनु होस्। हरेक दुस्खमा सम्झनुहोस्(तपाइं भित्र के राम्रो गुण छ र जुन दिन तपाईंलाई आफु ब्यर्थ लाग्छ त्यस दिन आफुमा भएका राम्रा गुणहरूको सुची बनाउनुहोस्। हरेक मान्छेहरू नराम्रो हुन सक्दैनन्, बरु हरेक ब्यक्तिमा कुनै न कुनै राम्रो गुण अवश्य हुनसक्छ । यहि राम्रो गुण बोकेर हिंड्नुहोस् , मन माथि विस्तारै लगाम लाग्ने छ ।
    सुखलाई जतनले राख , यो छचल्कि रहन्छ । विहानिको शितलाई सुर्यले स्पर्श गर्ना साथ यसको अस्तित्व हराए जस्तै । विचार बदलौं , दुनियाँ बदलौ । विचार बदलौं , अन्नन्त सुखको बाटो रोजौं । तिमी जे होईनौ त्यो नदेखाउ , जे छौ त्यो नछोप, वास्तविकता को पहिचानमा नै तपाईंको भित्ग्री मन रमाउने छ । मन भित्रको यहि रहस्य जानौं , दुस्खको बेहोसि बाट सधैंंका लागि जागिने छ । BY----

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तिमी जे होईनौ त्यो नदेखाउ , जे छौ त्यो नछोप ! कबीरा खडे बाजारमें , सबकी मागे खैर , ना काहु से दोस्ती , ना काहु से बैर । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top