-

  • नयाँ खबर

    02 February, 2016

    नेपाली युवाले पत्ता लगाए तालीको आवाजबाटै बल्ब बाल्ने र निभाउने प्रविधि

    माघ १९ जनकपुरधाम,
    मनमा उब्जेको प्रश्नलाई गम्भीरतापूर्वक लियो भने त्यसको समाधान अवश्य निस्किन्छ भन्ने भावनालाई साकार रुप दिएका छन्– एक युवकले ।
    बाल्यकालमा ब्याट्री कसरी विद्युतमय हुन्छ भन्ने जिज्ञासाको खोज गर्दागर्दै विज्ञान प्रविधिमार्फत ८ कक्षामा नै चकित हुने उपकरण सार्वजनिक गरी यन्त्र मानव बनाउनेसम्मको यात्रामा सफलता प्राप्त गर्नेमा युवक हुन् कृष्णकुमार मण्डल ।
    तालीको आवाजबाट बल्ब बाल्ने र निभाउने, टाढैबाट बल्ब नियन्त्रण गर्न सक्ने, तारमा नछुवाइकन तारमा विद्युत् प्रवाह छ वा छैन पत्ता लगाउने, प्रकाशबाट बल्ब नियन्त्रण गर्न सक्ने, पानी ट्याङ्कीको तह पत्ता लगाउने, चोरीजस्ता अपराध कार्यबाट बचाउने, आवाजबाट ढोका आफैँ खुल्ने र बन्द हुनेजस्ता उपकरण मण्डलले ८ कक्षामा पढ्दै सार्वजनिक गरी अहिले त्यसको कार्यविधिसहितको पुस्तक पनि प्रकाशन गरेका छन् ।
    बुबा अरुण धनुषा जिल्लाको यदुकोहामा ब्याट्रीलाई विद्युतमय बनाउने कार्य गरिरहँदा ब्याट्री किन, कसरी र कुन प्रक्रियाले विद्युतमय हुन्छ भन्ने प्रश्नले मनलाई अशान्त बनायो, पसलमा बसेर त्यसैका बारेमा घोत्लिइरहेका बेला विद्युतमय प्रविधि सम्बन्धमा ज्ञान हासिल गरी यन्त्र मानव बनाउनेसम्म भइसकेको छु–कृष्णले भने ।
    उनले दुई वर्षअघि बनाएको यन्त्र मानवले शब्द, नाम र विभिन्न प्रश्नको जवाफ तथा पसलबाट सामान ल्याउन सक्छ । सुरुमा निकै समस्या आए पनि पछि एक वर्षको शिशुले गर्न सक्ने कार्य योग्य बनाएको उनी बताउँछन् । शिशुकालमा पढ्नुभन्दा पनि रमाइलोमा विश्वास राख्ने मण्डलमा बुबाको कार्यले नै आविष्कारतर्फ प्रेरित गरेको हो । उनी भन्छन् – “चलचित्रमा प्रयोग गरिएको प्रविधि अन्तर्गत ८ कक्षामा नै आश्चर्य लाग्ने उपकरण सार्वजनिक गर्नमा सफलता प्राप्त गरेँ ।”
    उनी एक वर्षको शिशुले गर्न सक्ने कार्यको यन्त्र मानव बनाउने सफलतापछि अब पाँच वर्षको शिशुले गर्ने क्रियाकलापको यन्त्र मानव बनाउनमा लागिपरेका छन् । कृष्णको विश्वास छ– आगामी यन्त्र मानवले घरको अधिकांश कार्य आफैँले गर्नेछ ।
    एक वर्षको यन्त्र मानवको संरचना प्लास्टिकको भएकामा पाँच वर्षको यन्त्र मानवको संरचना अल्मुनियमको राख्ने उनको योजना छ । उनको पहिलो यन्त्र बनाउने सपना १० कक्षा उत्तीर्णपछि साकार भयो भने दोस्रो यन्त्र निर्माणको सपना अवश्य पूरा हुने आत्मविश्वास उनीमा छ ।
    उनी भन्छन् – “मलाई पुरानो जीवनशैलीको बारेमा सोच्दा डर लाग्छ, १० रूपैयाँ जाने वस्तु लिन सयौँ खर्च गरिरहेका छौँ, त्यसैले अरुमाथि निर्भर छौँ, म देशलाई विज्ञान प्रविधिमा अगाडि भएको हेर्न चाहन्छु ।” रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली युवाले पत्ता लगाए तालीको आवाजबाटै बल्ब बाल्ने र निभाउने प्रविधि Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top