-

  • नयाँ खबर

    09 February, 2016

    अमेरिकी ट्वीन टावर हमलाबारे १४ वर्षपछि रोचक खुलासा, लादेनले यसरी चोरेका थिए आईडिया !


    न्यूयोर्कको ट्वीन टावर र पेंटागनमा सन २००१ सेप्टेम्बर ११ मा अलकायदाले गरेको हमलाका विषयमा नयाँ र निकै रोचक तथ्य सार्वजनिक भएको छ । ९र११ हमलाका लागि अलकायदा प्रमुख ओसामा बिन लादेनले आईडिया अरु कसैबाट चोरेका थिए । यसैगरी पहिले भएको घटनाबाट आईडिया चोरेर लादेनले ट्वीन टावरमा हमला गरेको १४ वर्षपछि खुलासा भएको हो ।
    मिश्रका पाइलटबाट चोरिएको थियो आईडिया १
    इजिप्सियन एयरलाइन्सका एक को(पाइलटले सन १९९९ मा जानीजानी प्लेन क्र्यास गराएका थिए । त्यसक्रममा १०० अमेरिकनसहित २१७ जनाको ज्यान गएको थियो । प्लेन क्र्यास गराउने को(पाइलट थिए गमील अल बतूती । उनले इजिप्ट एयरको फ्लाइट ९९० विमान अट्लान्टिक सागरमाथि आत्मघाती क्र्यास गराएका थिए ।
    सो प्लेन क्र्यासबारे जानकारी पाएपछि लादेनले भनेका थिए रे, ‘उसले नजिकका बिल्डिङहरुमा किन विमान ठोक्काएन रु’अल कायदाको साप्ताहिक म्यागेजिन अल मसराहलाई उद्धृत गर्दै जेरुसेलम पोस्टमा खबर छापिएको छ । अलकायदाको म्यागेजिनमा ‘सेप्टेम्बर(११ द स्टोरी अनटोल्ड’ शीर्षकमा यो रिपोर्ट छापिएको छ ।
    खालिद शेख मोहम्मदसँग भेटेका थिए लादेनले
    जेरुसेलम पोस्टमा छापिएको रिपोर्टअनुसार त्यसपछि लादेनले खालिद शेख मोहम्मदसँग भेटेर सोही इजिप्सियन पाइलटले प्लेन क्र्यास गराएकै शैलीमा अमेरिकामाथि हमला गर्ने योजना सुनाएका थिए । खालिद शेखलाई ९र११ हमलाको मास्टर माइण्ड मानिन्छ । सुरुमा १२ वटा प्लेन क्र्यास गराउने योजना बनेको थियो । तर, अन्त्यमा वर्ल्ड ट्रेड टावर र पेंटागनमा हमला गर्ने तय भएको थियो । एजेन्सी
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकी ट्वीन टावर हमलाबारे १४ वर्षपछि रोचक खुलासा, लादेनले यसरी चोरेका थिए आईडिया ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top