-

  • नयाँ खबर

    09 February, 2016

    स्व गोपाल गिरी पत्रकारिता पुरस्कार पत्रकार श्रेष्ठलाई


    बीरगंज २६ माघ 

    यस वर्षको स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार राजु श्रेष्ठ पुरस्कृत हुने भएका छन । श्रेष्ठ एभीन्यूज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुखको रुपमा कार्यरत छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष स्व.गोपाल गिरीको स्मृतिमा स्थापित पुरस्कारबाट हरेक वर्ष एक जना क्रियाशिल पत्रकार पुरस्कृत हुदै आएका छन ।
    नेपाल पत्रकार महासंघ पर्सा शाखाको मंगलवार शाखा कार्यालयमा सम्पन्न बैठकले पत्रकार राजु श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको शाखा अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । फागुन ४ गते एक कार्यक्रमको आयोजना गरि पत्रकार श्रेष्ठलाई पुरस्कार दिइने निर्णय भएको अध्यक्ष बन्जाराले बताए । पुरस्कारको राशी २५ हजार रहेको छ ।
    शाखाका उपाध्यक्ष ध्रुव साहको अध्यक्षतमा निर्माण भएको सिफारिश समितिले गरेको सिफारिशको आधारमा पत्रकार श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय भएको हो । यस भन्दा अघि स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मुकुन्द आचार्य।
    केसी.लामिछाने,ओमप्रकाश खनाल,शितल महतो,बिम्मी शर्मा,शत्रुघ्न नेपाल श्याम बन्जारा पुरस्कृत भइसकेका छन । शाखा बैठकले पेशागत शुद्धताको अभियान अन्र्तगत शाखा भन्दा बाहिर रहेका पेशाबाट पलायन भएका पत्रकारितामा क्रियाशिल नरहेका ४४ जना पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय समेत गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।-the state
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्व गोपाल गिरी पत्रकारिता पुरस्कार पत्रकार श्रेष्ठलाई Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top