-

  • नयाँ खबर

    09 February, 2016

    सामाजिक सञ्जालमा भाइरल कालो शिशुको यथार्थ


    माघ २६, २०७२
    विश्वकै सबैभन्दा कालो शिशुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । थुप्रै अनलाइनले यस विषयमा समाचार पनि लेखे । फेसुबक र ह्वाट्सएपमा भाइरल भएपछि यो शिशु दक्षिण अफ्रिकामा जन्मिएको दाबी गरियो । गिनिज बुकले ‘विश्वको सबैभन्दा कालो’ मानेको यो शिशु वास्तविक भने थिएन ।
    वास्तवमा पोलिमर क्लेबाट एक कलाकारले बनाएको शिशुको मूर्ति मात्र थियो । यसलाई अनलाइनमा ५० देखि ८० डलरमा किन्न सकिन्छ । यसको नाम ओक बेबी गोरिल्ला मंकि क्ले डल दिइएको छ ।
    यसलाई लीला पियरसनले बनाएकी थिइन् । सन् २००५ बाटै उनले यसको स्केच बनाउन थालेकी लीला आफ्नो मूर्तिलाई सामाजिक सञ्जालमा सबैभन्दा कालो शिशु बताएर भाइरल बनाइएको कुरालाई लिएर खुसी छैनन् । उता गिनिज बुकले ‘विश्वको सबैभन्दा कालो शिशु’ को कीर्तिमानमा परेको भन्ने चर्चालाई झूटो बताइसकेको छ । (एजेन्सी)
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सामाजिक सञ्जालमा भाइरल कालो शिशुको यथार्थ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top