-

  • नयाँ खबर

    01 February, 2016

    विबिएसको स्वागत कार्यक्रम समपन्न, जागिरले हामीलाई खोज्ने बातावरण बनाउनु पर्नेमा जोड ।

    कार्यक्रममा सहभागिहरु । तस्बिर : मेरो समय
    मााघ १८ पर्सा
    बीरगंज पब्लिक कलेजले बिबिएसमा नया भर्ना भएका विद्यार्थीहरुको लागि आज बीरगंजमा स्वागत तथा विशेष तालिमको ब्यवस्था गरेको छ ।
    बीरगंजको होटेल भिषुवा होटेलमा आयोजना गरेको स्वागत तथा तालिम कार्यक्रमको प्रमुख अतिथी पूर्वाञ्चल विश्व विद्यालय ब्यवस्थापनका कलेज प्रमुख डा. उत्तम कुमार रेग्मीले आफनो मन्तब्यमा अबको युग भनेको हामीले जागिर खोज्ने होइन बरु जागिरले हामीलाई खोज्ने बातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । डा. रेग्मीले अहिलेको जमाना कसैले प्रदान गरेको जागिर खाने भन्दा नि आफैले जागिर उत्पादन गर्ने सोचमा अघि बढनु पर्नेमा जोड दिएका थिए ।
    कार्यक्रमका विशेष अतिथी एभिन्यूज टेलिभिजनका क्षेत्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले यसप्रकारको अनुभव आदान प्रदानले तपाईहरुलाई कितावले नसिखाएको कुरा सिखाउन मद्धत पु¥याउनेमा जोड दिए । उनले मुलुकको ब्यवस्थापन अप्ठायारो अवस्थामा रहेकोले विबिएसमा अध्ययनरत विद्यार्थीलाई अब मुलुकको ब्यवस्थापन गर्ने गरी अध्ययन गर्न आग्रह गरेका थिए ।
    कार्यक्रमका अर्का अतिथी लक्ष्मी बैंकका निर्देशक विश्वकरण जैनले विद्यार्थीहरु अनुशासित भएर अघि बढन सके मात्र आफनो र आफनो परिवार समाजको बिकास हुनेमा जोड दिएका थिए । राम्रो गर्ने चाहना राखेर कोशिस गर्नलाई विद्यार्थीहरुसंग आग्रह समेत गरेका थिए । त्यसैगरी कान्तिपुरका सम्बादाता उपेन्द्र ठाकुरले आफुले यस्ता तालिमबाट सिखेको कुरालाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए । 
    BPC Collage student's
    सहभागि विद्यार्थीहरु । तस्बिर : मेरो समय
    कार्यक्रम दिनभरी नै विभिन्न तालिम लगायत मनोरञ्नात्मक कार्यक्रमको आयोजना गरिएको थियो । करिव ५ घण्टासम्म संचालन भएको कार्यक्रममा विभिन्न चरणमा विेशष तालिमको आयोजना गरेको थियो ।
    कलेजका कार्यकारी अध्यक्ष प्रो. डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक निर्देशक युगलकिशोरले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको समापन कलेजका प्रधानाध्यापक एसोशिएट प्रो. हरिरत्न तुलाधारले गरेका थिए । करिव २ सय २५ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यmक्रमको संचालन स्वेच्छा रौनियार र प्रियकां गुप्ताले गरेकी थिईन ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विबिएसको स्वागत कार्यक्रम समपन्न, जागिरले हामीलाई खोज्ने बातावरण बनाउनु पर्नेमा जोड । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top