-

  • नयाँ खबर

    01 February, 2016

    आन्दोलनप्रति राज्य गैरजिम्मेवार, अझ सशक्त बनाउने गठबन्धनको निर्णय

    पत्रकार सम्मेलनमा उपस्थित नेताहरु । तस्बिर जियालाल साह
    पत्रकार सम्मेलनमा उपस्थित नेताहरु । तस्बिर : जियालाल साह
    माघ १८ पर्सा
    संघीय समावेशी मधेशी गठबन्धनले आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि मधेश आन्दोलनप्रति राज्य गैर जिम्मेवार रहेको ठहर गर्दै अबका दिनमा आन्दोलनलाई झन कडा बनाउने निर्णय गरिएको जनाएको छ ।
    स्थानीय होटल पुजनमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नेताहरुले मधेशमा ६ महिनादेखि जारी आन्दोलनले गराउनुपर्ने मागलाई स्थापित गराउन नसकेको भन्दै गठबन्धन तथा आन्दोलनरत मोर्चाका नेता कार्यकर्ताहरुले आन्दोलनलाई निष्कर्षमा पु¥याउनुको सट्टा जिल्ला जिल्लामा विज्ञप्ति बाँडेर आन्दोलनको कार्यक्रमहरु गरि रहेको उचित नभएको बताउँदै गठबन्धनको वीरगन्जमा भएको दुइदिने बैठकले आन्दोलित सबैदल र मोर्चाहरुलाई मिलाएर महागठबन्धनको निर्माण गर्न निर्णय गरेको हुनाले महागठबन्धन निर्माण गर्नका लागि सयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समर्थन जनाउन आग्रह समेत गरेको छ ।
    उनीहरुले मधेस ६ महिना देखि आन्दोलन भएपनि राज्यको गैर जिम्मेवार र हठको कारण समाधान समस्याको समाधान निस्किन नसकेकोले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरिएको बताउँदै मधेसको मागं पुरा गराउनको लागि सबै मधेसी दल तथा नेताहरु एक हुनु पर्ने आवश्यकता रहेको बताएका थिए ।
    पत्रकार सम्मेलनमा नेताहरुले विद्यमान मधेश आन्दोलनलाई परिणाममुखी बनाएर मधेशी, थारु, आदीवासी जनजाति, दलित, मुस्लिम लगायत सबै समुदाय तथा वर्गको न्यायोचित हक अधिकारलाई सुरक्षित गराउन यस आन्दोलनलाई सक्रिय सहयोग गर्न आदिवासी, जनजाति, दलित, मुसलमान लगायत सबै समुदायलाई अपिल समेत गरेका छन् । 
    राज्य पक्षले जारी मधेश आन्दोलनलाई वेवास्ता गर्दै अगाडि बढि रहेकोले मधेशलाई मात्रै नभएर सम्पूर्ण देशले नै क्षति व्यवहोर्नु परि रहेको अवस्था सृजना भएको छ र यसका बाबजुद्ध पनि राज्यले आन्दोलनलाई सम्वेदनशील र जिम्मेवारीपूर्ण तरिकाबाट न हेरी रहेकोले अबका दिनमा गठबन्धनले आन्दोलनलाई झन कडा बनाउँदै मधेशका जिल्लाहरुमा विरोध सभा, जनप्रदर्शन, जनजागरण कार्यक्रम, आवधिक आम हड्तालका कार्यक्रमहरु गर्ने निर्णय गरिएको र कार्यक्रमहरुको समय निर्धारण गरि छिकै आम जनमानसलाई जानकारी गराइने पत्रकार सम्मेलनमा बताइयो ।
    सो पत्रकार सम्मेलनमा गठबन्धनका नेता तथा नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारी, फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता लगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आन्दोलनप्रति राज्य गैरजिम्मेवार, अझ सशक्त बनाउने गठबन्धनको निर्णय Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top