-

  • नयाँ खबर

    01 February, 2016

    नाकाबन्दी खोल्ने – नखोल्नेबारे छलफल गर्न मधेशी मोर्चाको बैठक २१,२२ गते हुने

     
    पर्सा, १८ माघ
    विगत लामो समय नाकाबन्दी गर्दै आएका मधेशी मोर्चाका शीर्ष नेताहरू बीच तीब्र मतभेद देखा परेका छन्  । नाकाबन्दी जारी राख्ने अथवा फिर्ता लिने विषयमा मोर्चा आबद्ध चार वटै दलका शीर्ष नेताको फरक फरक धारणा आए पछि नाकाबन्दीको विषय थप जटिल बनेको मोर्चा श्रोतले जनाएको छ । मोर्चा आबद्ध नेता महेन्द्र राय यादवले चार दिन अघि माघ १८ गतेबाट बीरगंज रक्सौल नाकाबन्दी खुल्न सक्ने बताएका थिए । तर, उनको बयानलाई मनगढन्त बताउंदै मोर्चाका अर्का नेता महन्थ ठाकुरले यसको विरोध गरेका छन् । दिल्लीबाट उपचार गराई शुक्रवार काठमांडौं फर्केका तमलोपा अध्यक्ष महन्थ ठाकुरले शनिवार पत्रकारहरू संग कुराकानी गर्दै कसैले भन्दैमा नाका खुल्ने र बन्द नहुने दाबी गरे  । उनले यस बारे मोर्चाको आगामी बैठकमा निर्णय लिने जानकारी दिएका थिए ।
    यता महन्थ ठाकुरले आन्दोलनको स्वरूप परिवर्तन हुने संकेत पनि गरेका थिए । उता उपेन्द्र यादवले आन्दोलन अहिले नरोकिने र नाकाबन्दी पनि नखुल्ने स्पष्ट पारेका छन् । संविधान संशोधन पछि कडा प्रतिक्रिया दिंदै आएका उपेन्द्र यादवले मधेशी जनता बीच गुम्दै गएको आफ्नो साख जोगाउन जुटेका छन् । हुन त उनी पनि आन्दोलन र नाकाबन्दीले आफ्नो पार्टीलाई खासै फायदा नभएको र नाकाबन्दीले पार्टीमा आन्तरिक विवाद झनै बढेको विश्लेषण हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा गरिएको थियो । उनको पार्टीका वरिष्ठ नेता अशोक राई, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नाकाबन्दी जस्ता कार्यक्रम तत्काल फिर्ता गराउन उपेन्द्र यादव माथि दबाब दिंदै आएका छन् ।
    अहिले सम्म बीरगंज रक्सौल नाका ठप्प पार्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब धेरै दिन बन्द हडताल नगर्ने र नाकाबन्दीको बारेमा पनि ठोस निर्णय लिन मोर्चाका अन्य घटक दलहरू माथि दबाब दिंदै आएका छन् । आन्दोलन अवधि भर क्रान्तिकारी धार बनाएका महतो पांच महिना देखिको बन्द हडताल र चक्काजामले सरकार माथि खासै असर नपरेको भन्दै यसको विकल्प बारे विचार गर्न मोर्चाका अन्य नेताहरू लाई दबाब दिंदै आई रहेका छन् । नाकाबन्दी बारे पनि महतोले आगामी बैठकमा ठोस निर्णय नलिए बीरगंज नाका खोलि दिने चेतावनी दिएका छन् । उनले नाकाको राजनीति गर्ने भए भैरहवा, बिराटनगर र नेपालगंज नाका पनि ठप्प पार्ने अन्यथा बीरगंज नाका खोलि दिन सुझाव दिएका झन् । महतोले मोर्चाको निर्णय अनुसार अन्य घटक दलका नेताले नाकाबन्दीमा नसघाएको, नाका अवरूद्ध गर्न धरनामा नबसेको र मोर्चाका नेताहरू बढी काठमाडौं केन्द्रित रहेको गुनासो गर्दै आएका छन् । त्यसैले अब कि त सबै शीर्ष नेता नाकामा आफै बसुन नत्र बीरगंज नाकालाई बार्गे्निंगको रूपमा प्रयोग नगर्न प्रष्ट बताएका छन् ।
    नाकाबन्दी खोलिने अथवा नखोल्ने र आन्दोलनको स्वरूप बारे छलफल गर्न मधेशी मोर्चाको बैठक २१/२२ गते हुने सम्भावना रहेको मोर्चा निकट एक नेताले बताए  । उनले भने, मोर्चाका नेताहरू अहिले बिहारमा छन् जहां आन्दोलनमा समर्थन जुटाउन उनीहरू बिहारका मुख्यमन्त्री नितिश कुमार र लालू यादव संग भेट्दै छन् ।त्यसैले तत्काल मोर्चाको शिर्ष नेताहरुको बैठक हुने सम्भावना छैन  ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नाकाबन्दी खोल्ने – नखोल्नेबारे छलफल गर्न मधेशी मोर्चाको बैठक २१,२२ गते हुने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top