-

  • नयाँ खबर

    02 February, 2016

    यु-१९ विश्वकप क्वार्टफाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश

    मलेसिया १९ भारतविरुद्ध नेपालले खेलेको खेलको फोटो।
    काठमाडौं : १९ 
    १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई प्रतिद्वन्द्वी पाएको छ।
    मंगलबार भएको खेलमा नामिबियालाई पराजित गरेपछि बंगलादेश समूह ए को बिजेता बन्दै नेपालसँगको क्वार्टरफाइनल भेट पक्का गरेको हो। नेपाल समूह डि को उपविजेता हो। त्यस्तै क्वार्टरफाइनलमा समूह डिको विजेता भारतले समूह ए को उपविजेता नामिबियासँग भिड्नेछ।
    समूह ए अन्तर्गतको खेलमा बंगलादेशले नामिबियालाई ८ विकेटले पराजित गरेको छ। नामिबियाले दिएको ६६ रनको लक्ष्य बंगलादेशले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि जयराज सेखले नटआउट ३४ र नाज्मुल हसन सान्तोले नटआउट १४ रनको योगदान गरे।
    टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३२।५ ओभरमा अलआउट हुँदै जम्मा ६५ रन जोडेको थियो। उसका २ खेलाडी बाहेक अरुले दोहोरो अंकको स्कोर नै बनाउन सकेनन् भने तीन खेलाडी सून्य रनमै आउट भए। बलिङतर्फ बंगलादेशका सले अहमद साओन, मेहदी हसन मिराज र अरिफुल इस्लामले समान २ विकेट लिए भने महम्मद सैफुद्धिन र सइद सरकारले १र१ विकेट लिए।  - Pahilopost
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यु-१९ विश्वकप क्वार्टफाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top