-

  • नयाँ खबर

    02 February, 2016

    ब्युँतियो तीन दल मधेसी मोर्चा कार्यदल, राजनीतिक संयन्त्रको कार्यक्षेत्र टुङ्गो लगाउने जिम्मा

    काठमाडौं : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख तीन दलबीचको कार्यदल ब्युँतिएको छ। प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच सिंहदरबारमा भएको वार्ताले कार्यदल स्तरमै थप छलफल गर्ने निर्णय गरेसँग कार्यदल ब्युँतिएको हो। 
    कार्यदल स्तरमा जुटेको सहमति मान्न शीर्ष नेताहरुले अस्वीकार गरेको भन्दै मोर्चाले कार्यदल भंग भएको घोषणा गरेको थियो। ४ माघमा कार्यदल स्तरमा जुटेको सहमतिलाई शीर्ष नेताको बैठकले अस्वीकार गरेको थियो। मधेसमा दुई प्रदेश वा त्यसको सेरोफेरोमा अर्थ लाग्ने गरि कुनै पनि सहमति मान्य नहुने निष्कर्ष तीन दलले निकालेका थिए। साथै उनीहरुले संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेका थिए। लगत्तै ६ माघमा पत्रकार सम्मेलन गरेर शीर्ष नेता स्तरमा मात्रै अब वार्ता हुने भन्दै मोर्चाले कार्यदल भंग भएको घोषणा पत्रकार सम्मेलन मार्फत् गरेको थियो।
    कार्यदललमा कांग्रेका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र आन्दोलनरत मधेसी मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु रहेका छन्। 
    कार्यदलले टुङ्ग्याउन बाँकी रहेका काम टुङ्ग्याएर ल्याउन तथा राजनीतिक समितिको टिओआरलाई अन्तिम रुप दिने सहमति भएको छ । वार्तापछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने। 
    एमाओवादी अध्यक्ष प्रचण्डले सत्ता साझेदार र समर्थक दलहरुको राजनीतिक समन्वय समिति र प्रतिपक्षी दल तथा आन्दोलनरत मोर्चाका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेपछि सोमबार पुनस् दलहरु छलफलमा जुटेका हुन्।
    प्रम र प्रतिपक्षसँग कुरा गरेर आज वार्ता बोलाएको हुँ। छिटै अर्को वार्ता बस्ने र कार्यदलबाट बाँकी कुरा छिटै टुंगोमा पुर्याइने छु, बैठकपछि प्रचण्डले भने। वार्तामा सहभागी सद्भावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्णे पनि अवरद्ध भएको वार्ता पुन सुरु हुनु महत्वपूर्ण भएको बताए।
    के भएको थियो कार्यदलमा ?
    गत माघ २ गते बसेको कार्यदलको बैठकले राजनीतिक संयन्त्र गठन गर्ने सहमति गरेको थियो। ६ बुँदे सहमतिको राजनीतिक संयन्त्रको कार्यक्षेत्रमा मात्र कुरा मिल्न बाँकी रहेको थियो। राजनीतिक संयन्त्रको समायावधि र राजनीतिक संयन्त्रको कार्यक्षेत्रलाई संविधानको अनुसूचीमा समेट्ने कि नसमेट्ने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन।

    कार्यदल स्तरमा भएको तराई मधेसमा दुई प्रदेश हुनेगरी सीमाङ्कन परिमार्जन गर्ने भन्ने विषयमा समेत शीर्ष स्तरमा कुरा मिल्न सकेको छैन।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ब्युँतियो तीन दल मधेसी मोर्चा कार्यदल, राजनीतिक संयन्त्रको कार्यक्षेत्र टुङ्गो लगाउने जिम्मा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top