-

  • नयाँ खबर

    13 February, 2016

    सरस्वती पुजा धुमधामका साथ मनाईदै, यस पर्वलाई बौद्ध, मुस्लीम, क्रिसचन लगाय अन्य धर्मावलम्बीले समेत मनाउदै । (फोटो फिचर)


    फागुन १ पर्सा २०७२   
    जियालाल साह
    श्री पञ्चमी पर्व विधाकी देवि सरस्वति माताको पुजा अराधना गरी आज हरेक स्कुल, क्यामपस, नृत्य क्लब, संङगताल्य लगायतको स्थानमा धुमधामका साथ मनाईरहेको छ । यस पर्व वसन्त ऋृतिको सुरुवात हुने भएकाले वसन्त पञ्चमीको नामले समेत यस पर्व मनाईने गर्दछ । यस पर्वलाई बौद्ध, मुस्लीम, क्रिसचन वा अन्य धर्मावलम्बीले समेत सरस्वतीलाई ज्ञानको प्रतिक मानेर पूजाआज गर्ने गर्दछन् ।
    वीरगंजमा पनि ठाकुरराम बहुमुखि क्याम्पस, विपिसि क्लेज, सिद्धार्थ माध्यमिक विद्यालय, गौतम माध्यमिक विद्यालय, नेशलन एकेडेमी लगायतको दर्जनौँ क्यामपस, विद्यालय, र सयौँ बोर्डिङ स्कुलहरुमा सरस्वति माताको लागि विहानै देखि भक्तिपुर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु , शिव आदि देवि देवताको पूजा गरी सस्स्वती माताको पुजा गर्ने गरेका छन् । 

    आजका दिन विद्यार्थी, गायक, नृत्याकन लगायतकाले आजको दिन शुद्ध मनले सरस्वति मातासंग सच्चा निष्ठा मनले पुजा गरे विद्या प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ । यस दिनमा स–साना बालबालिकालाई अक्षराम्भ समेत गराउने गर्दछ । सरस्वतिलाई महाविद्या, महावाण्ी, भारती, शारदा, ब्राहनी कामधेनु लगायतको नामले सम्बोधन गरिन्छ । सरस्वतीलाई नौवेद्यका रुपमा नौनी, दही, दुध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मुला, गाजर, बयर, बेल अदुवा अर्पण गरिन्छ । विशेषगरि सरस्वतीमाता सेतो रङ्ग फुल चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले यि सबै समानको जोहो गरि पुजामा चढाउने गर्दछ । यस पुजा विशेष गरी शैक्षिक संस्थामा विद्यार्थीहरुले महत्वका साथ पुजा पाठ गरि मनाउने गर्दछ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सरस्वती पुजा धुमधामका साथ मनाईदै, यस पर्वलाई बौद्ध, मुस्लीम, क्रिसचन लगाय अन्य धर्मावलम्बीले समेत मनाउदै । (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top