-

  • नयाँ खबर

    12 February, 2016

    २ सय ९२ एलजीसीडीपी अधिकृतको लागि दरखास्त खुल्यो फर्म सहित


    काठमाडौं २९ माघ, २०७२  स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ९एलजीसीडीपी० का लागि २ सय ९२ जना अधिकृत माग गर्दै दरखास्त अह्वान गरेको छ ।
    दोस्रो चरण्को कार्यक्रम सञ्चालन गर्न सबै जिल्ला र नगरपालिकामा कार्यक्रम अधिकृतको पद पूर्ति गर्न लागिएको हो । जसअनुसार २१७ नगरपालिका र ७५ वटै जिल्लामा एक(एक जना कार्यक्रम अधिकृत नियुक्त गर्न लागिएको छ ।
    करार सेवामा कार्यत्रम अधिकृत हुन इच्छुक योग्य उम्मेद्वारले दरखास्त बुझाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । दरखास्त शुलक १ हजार रुपैयाँ छ ।
    दरखास्त फारम  जिल्ला विकास समिति र नगरपालिकाको कार्यलयहरूबाट लिन सकिन्छ । फागुन १९ गतेसम्म दरखास्त सम्बन्धित स्थानीय निकायमै बुझाईसक्पर्नेछ ।
    नियुक्ति प्रक्रियामा छनौटका लागि लिखित परीक्षा र अन्तरवार्ता लिइनेछ । उम्मेदवारको योग्यता एलजीसीडीपी कार्यक्रम कार्याबिधि अनुरुप हुने सूचनामा उल्लेख छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: २ सय ९२ एलजीसीडीपी अधिकृतको लागि दरखास्त खुल्यो फर्म सहित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top