-

  • नयाँ खबर

    02 February, 2016

    मोर्चाका नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार

    माघ १९, २०७२
    मधेसी जनअधिकार फोरम९लोकतान्त्रिक०का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमणको आलोचना गरेका छन् । उनले बिहारका नेताहरुका अगाडि लम्पसार पर्नु लाजमर्दो भएको बताए ।
    मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव अन्दोलनमा समर्थन जुटाउन पटनामा त्यहाँका नेताहरुसँग भेटघाटमा छन् । उनले मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे ।
    ‘मधेसी नेताहरु बिहार गएका छन्, फोटोमा लालुप्रसाद गद्दीमा बसेका छन्, हाम्रा क्रान्तिकारी मधेसी नेताहरु उनको अगाडि लम्पसार छन् । के यो लाजमर्दो होइन् रु’ गच्छदारले भने । विराटनगरमा एक कार्यक्रममा बोल्दै उनले मोर्चाका नेताहरुको तिखो आलोचना गरे ।
    सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतो अहिले आफूविरुद्ध रहेको बताउँदै गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ रु’
    मधेसवादी दलका नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागेको आरोप लगाउँदै गच्छदारले को ठूलो पार्टी र को ठूलो नेता भन्ने होडवाजी चलेको आरोप लगाए । आन्दोलनको नाममा मधेसी जनतालाई अहिले गुमराह पार्ने कार्य भइरहेको उनले बताए।
    आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।
    ०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’
    उनले चक्काजाम, ढुंगामुढा र तोडफोड गरेर मात्र आन्दोलन नहुने बताउँदै सहमतिका आधारमा पनि माग पूरा गराउन सकिने बताए ।
    दुई थरी हठवादी चिन्तनका कारण मुलुक अहिले अन्यौलमा परेको बताउँदै गच्छदारले दलहरुले एक इन्च जमिन नछाड्ने केही मधेसी र पहाडी नेताहरुको अतिवादी सोंच ठीक नभएको उल्लेख गरे । उनले आफूले दिएको ८ प्रदेशको सिंमाकनको खाकाले मात्र सिमांकन सम्बन्धी समस्या समाधान हुने बताए ।

    उनले संविधान संशोधनवाट समावेशी र समानुपातिकसहित निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी राजनीति माग पूरा भईसकेको बताउँदै बर्तमान संबिधानमा भएको अधिकार दुनियाँको कुनै पनि संविधानमा नरहेको दाबी गरे ।
    ‘मधेस दिंदा देश टुक्रिन्छ भन्नेहरुलाई म सोध्न चाहन्छु, अहिलेको २ नम्बर प्रदेशका ८९ प्रतिशत जनताले आत्मनिर्णयको अधिकार अन्तरर्गत भोटिङ गरेर छुटै देशको माग सहित युएन मा गए भने के हुन्छ रु,’ उनले भने, ‘संसारका अगाडि गए के हुन्छ, ठूला दलका नेता मेरा यी प्रश्नले आवाक छन् ।’
    केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा आफूलाई कुनै पश्चाताप नभएको गच्छदारले बताए । ‘मैले त ८ बुँदे सहमति गरेर शिर ठाडो पारेर सरकारमा गएँ, उपेन्द्र यादवहरु किन शिर झुकाएर सुशील कोइरालालाई भोट हाले, कसको आदेशमा गए रु,’ गच्छदारले भने ‘कोइरालाकै नेतृत्वको सरकारले होइन रु ४५ जना मधेसीलाई मारेको । ’-ekantipur


    यो पनि ...

     
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मोर्चाका नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top