-

  • नयाँ खबर

    01 February, 2016

    हत्या गरिएको अवस्थामा महिलाको शव फेला

    बारा १८ माघ
        बाराको बिश्रामपुर गाबिस वडा नं.९ स्थित मुसहर्वाटोल नजिकै सोमवार बिहान एक जना महिलाको शव फेला परेको छ । ढुङ्गा प्रहारबाट हत्या गरिएको अवस्थामा सनाखत हुँन नसकेको ती महिलाको शव फेला परेको हो ।
        ढुङ्गा प्रहार गरि अज्ञात समूहँले ती महिलाको हत्या गरि मुसहर्वाटोल नजिकै रहेका नहरमा आईतवार राति फालेको हुँन सक्ने अनुमान प्रहरीले गरेको छ । ढुङ्गा प्रहारबाट पहिचान हुँन नसकेको ती महिलाको टाउको कुच्चिएको अवस्थामा शव फेला परेको थियो ।सोमवार बिहान करिब साँढे ६ बजेको समयमा ट्याक्टरमा माटो ल्याउँन गईरहेका कामदारहरूले बेवारिसे अवस्थामा ती महिलाको शव देखेपछि स्थानीय प्रहरी कार्यालयमा खबर गरेका थिए ।
        उता घटना स्थलमा बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थलगत निरिक्षण गरेको थियोे । बारा र पर्साको सिमानामा पर्ने सो घटना स्थलबाट प्रहरीले महिलाको शव बरामद गरि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया बारामा पठाएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: हत्या गरिएको अवस्थामा महिलाको शव फेला Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top