-

  • नयाँ खबर

    02 February, 2016

    सशस्त्रद्वारा अवैध कपडा बरामद

    पर्सा १८ माघ
    पर्साको झौवाबाट शसस्त्र प्रहरी बोडर आउट पोष्ट अमरपट्टिले सोमबार अबैद्ध कपडा बरामद गरेको छ ।
    शसस्त्र प्रहरी निरिक्षक प्रेम बहादुर गुरुङ्गको नेतृत्वको सिबिर ड्रेसमा रहेको गस्ती टोलीले गा.बि.स झौवागुठीको वडा नं. ३ स्थित सिमा क्षेत्रबाट ३५ हजार मुल्य बराबरको कपडा बरामद गरेको हो ।
    पक्राउ परेको कपडालाई सोमबार नै बीरगंज भंसार कार्यालयमा बुझाइएको प्रहरी निरिक्षक गुरुङ्गले बताए । पक्राउ पर्नेमा कुर्ता सुरवाल ८ थान, बिहेको घुन्टो ५ थान, टावेल ३ थान, लुंगी ११ थान, धोती २४ थान, स्काप ५ थान लगायतको कपडा रहेको छ ।
    विहानको समयमा भंसार छली भारतबाट नेपाल भित्रयाई रहेको कपडा पक्राउ गरिएको बोडर आउट पोष्ट अमरपट्टिले जनाएको छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सशस्त्रद्वारा अवैध कपडा बरामद Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top