-

  • नयाँ खबर

    11 February, 2016

    कोइरालाको निधनमा बारा र पर्सावासी शोकमग्न

     माघ २७ वीरगन्ज (पर्सा), २०७२
    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार आकस्मिक निधन भएपछि बारा र पर्सावासी शोकमग्न भएका छन् । काँग्रेसका सभापति सुशील कोइरालालाई निष्ठा र आदर्शका अनुकरणीय राजनीतिज्ञका रूपमा नेपाली काँग्रेस पर्साका अगुवा नेता, कार्यकर्ता तथा नागरिक समाजका विशिष्ट व्यक्तित्वले सम्झना गरेका छन् ।
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले नेपालको राजनीतिमा एउटा निष्ठा र आदर्श बोकेका राजनीतिज्ञका रूपमा स्थापित कोइरालाबाट वर्तमानमा क्रियाशील प्रत्येक राजनीतिज्ञले धेरै सिक्नुपर्ने बताउँदै आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र संवद्र्धन कार्यमा समर्पित गर्नुभएको कोइरालाको निधनले नेपाली कांग्रेस मात्र होइन, सिङ्गो देशसँगै बारा र पर्सा आज शोकमा छ भन्नुभएको छ ।
    “राजनीति गरेर आफूले केही पाउँछुभन्दा पनि राष्ट्र र समाजका लागि के दिन सकिन्छ भन्ने आजीवन सोच राख्ने कोइराला नेपाली राजनीतिकै अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो,” नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश रिजालले भन्नुभयो(“शक्तिमा हुूदा पनि कहिल्यै लोभलालच र प्रलोभनमा नफसी देश र नेपाली जनताको हितका लागि उहाँले गर्नुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइराला, सुवर्णशम्शेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता राजनेताको प्रत्यक्ष सङ्गत गर्नुभएका कोइरालाले नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि गरेको अनवरत सङ्घर्ष चिरकालपर्यन्त जीवन्त रहनेछ भन्नुभयो ।
    सभापति कोइरालाले संविधान निर्माणमा खेलेको भूमिकालाई कसैले भुल्न नहुने बताउँदै नेपाली काँग्रेसका युवानेता जनार्दनसिंह क्षेत्रीले भन्नुभयो(“राजनीति आफ्नालागि भन्दापनि राष्ट्रका लागि हो भन्ने कोइरालाको आदर्शलाई प्रत्येक राजनीतिक दलका नेताले अनुसरण गर्न सक्नुपर्दछ ।” नेपाल प्राध्यापक सङ्घ ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वसभापति डा हरेराम ठाकुरले नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधारण योगदान पु¥याउनुभएका कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताउँदै एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिमा सदा विश्वास राख्नुहुने कोइराला त्यसैलाई अनुसरण गरी मुलुकलाई अगाडि बढाउनुपर्नेमा सदैव लाग्नुभएको स्मरण गर्नुभयो ।
    राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलका धनी कोइरालाको निधनले मुलुकमा अपूरणीय क्षति भएको बताउँदै राजनीतिक विश्लेषक एवम् पत्रकार चन्द्रकिशोरले भन्नुभयो( “कोइरालाको निधनले राष्ट्रले असल, सरल, सादगी जीवन शैली भएको, लोकतन्त्रप्रति प्रतिबद्ध र लोकतन्त्रको सुदृढीकरणमा तल्लीन नेता गुमाएको छ ।” नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कोइरालाले प्रकट गर्नुभएको निष्ठा र सक्रिय योगदान आज विश्व समुदायकै लागि अनुकरणीय भएको बताउँदै कोइरालाको सादगी जीवनबाट आज प्रत्येक राजनीतिकर्मीले धेरै सिक्नुपर्नेमा जोड दिनुभयो ।यसैबीच, सभापति कोइरालालाई श्रद्धाञ्जलि अर्पण गर्नका लागि काँग्रेस बारा र पर्साका नेता र कार्यकर्ता मंगलबार काठमाडौं प्रस्थान गरेका थिए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कोइरालाको निधनमा बारा र पर्सावासी शोकमग्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top