-

  • नयाँ खबर

    11 February, 2016

    मधेसी मोर्चाले धोका दिएको भन्दै मातृका यादवद्वारा छुट्टै आन्दोलनको घोषणा

    २७ माघ सप्तरी,२०७२
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जालझेल र प्रलोभनमा परेर मधेस आन्दोलनलाई तुहाएको आरोप लगाउँदै नेकपा (माओवादी)का नेता मातृका यादवले छुट्टै आन्दोलन घोषणा गरेका छन् ।
    सप्तरी सदरमुकाम राजबिराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजकसमेत रहेका यादवले प्रतिकृयावादी शाशकहरुको मिलोमतोमा मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए । आन्दोलनमा सहभागी अन्य मोर्चाहरुसँग सल्लाहै नगरी आन्दोलन फिर्ता लिँदा सहिदहरुको अपमान भएको र उत्पीडित मधेसी समुदायलाई धोका दिएको यादवको ठहर छ ।
    समिति संयोजक मातृका यादवको अध्यक्षतामा मधेसी राष्ट्रिय आन्दोलन समितिको बैठक सिरहाको लहानमा दुई दिनसम्म बसेको थियो । बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘जारी मधेस आन्दोलनको क्रममा खस(गोर्खाली साम्राज्यवादी साम्प्रदायिक सत्ताधारीहरुले मण्डले राष्ट्रवादमा फँसाएर पहाडी जनतालाई तस्करी तथा कालाबवारीको शिकार बनाए । आफूलाई मधेसवादी भन्ने नेताहरुले मधेस मुक्तिको भ्रम छर्दै मधेसी जनतालाई आन्दोलनमा होमेर बर्बाद पारे ।’
    आफूले शुरुदेखि नै मधेसी मोर्चाले मधेसी जनतालाई धोका दिने घोषणा गरेको र अहिले त्यो प्रमाणित भएको उनले जिकीर गरे । यादवले भने, ‘हाम्रो आन्दोलन समितिले मधेसी मोर्चाले विगतजस्तै जारी आन्दोलनलाई पनि बेच्ला र आन्दोलन नगर्ने काम गर्ला भनी जनतालाई अवगत गराउँदै आएको कुरा प्रमाणित भएको छ ।’
    • यस्ता छन् आन्दोलनका कार्यक्रम
    यादव नेतृत्वको संयुक्त मधेस राष्ट्रिय आन्दोलन समितिले फाुगन १ गतेदेखि चैत २१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । फागुन १ गतेसम्म सबै जिल्लामा जिल्ला समितिहरु गठन र पुनर्गठन गरिसक्ने जनाएको मोर्चाले ३ गते सबै जिल्लाहरुमा बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
    फागुन ५ गते सबै जिल्लाहरुमा सर्वपक्षीय अन्तरकृया गर्ने, ८ गते मधेसका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने, ९ गते राजविराज, जनकपुर र बीरगञ्जमा विश्व मातृभाषा दिवस सम्बन्धी कार्यक्रम गर्ने, ११ गते काठमाडौंमा अन्तरकृया गर्ने कार्यक्रम तय गरेको छ ।
    यस्तै फागुन १३ गते मोरङको रंगेलीमा आमसभा गर्ने, २२ गते पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्ने, २६ गते समितिको अर्को बैठक बस्ने र चैत १९, २० र २१ गते सप्तरीमा राजनीतिक सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले आन्दोलन समितिको सचिवालय मातृका यादवकै संयोजकत्वमा निर्माण गरेको छ । जसको सहसंयोजकमा गोपाल ठाकुर, प्रवक्तामा बलराम यादव तथा सदस्यहरुमा श्रवण बरबरिया, जगत यादव, बिनोद उपाध्याय, राजनारायण चौधरी, महेश यादव, विदेश्वर यादव, पप्पु यादव, छोटेलाल यादव र डा. ललन चौधरी छन् ।
    आन्दोलनलाई सशक्त बनाउन बृहत मोर्चा निर्माणका लागि भन्दै वार्ता समिति समेत गठन गरिएको छ । गोपाल ठाकुरको संयोजकत्वमा गठित वार्ता समितिमा बलराम यादव, श्रवण बरबरिया, जगत यादव, राजनारायण चौधरी, विदेश्वर यादव र महेश यादव छन् ।
    • कर मिनाहाको माग
    बैठकले आन्दोलनको अवधिभर जनताले सरकारलाई बुझाउनुपर्ने कर, महसुल, ब्याज, हर्जाना मिनाहाको माग गरेको छ । यस्तै सहिद परिवारहरुलाई राहत, घाइतेहरुको समुचित उपचार तथा जिविकोपार्जनको व्यवस्था, आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरुको खारेजी तथा बन्दीहरुको रिहाईको माग पनि गरिएको छ ।

     
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाले धोका दिएको भन्दै मातृका यादवद्वारा छुट्टै आन्दोलनको घोषणा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top