-

  • नयाँ खबर

    11 February, 2016

    नगरपालिकाले फोहर नउठाउँदा ड्राइपोर्ट एरिया दुर्घन्धित

    माघ २७ वीरगन्ज (पर्सा), २०७२
    वीरगन्ज उपमहानगरपालिकाले फोहर नउठाएको कारण वीउमनपा वडा नं २८ मा रहेको सुख्खा बन्दरगाह एरिया दुर्गन्धित भएको छ ।
    वीरगन्ज सुख्खा बन्दरगाह गेटमा चारै तिर बाट फोहर फाल्ने गरेको कारण बन्दरगाह जाने गेटदेखि भित्रसम्म दुर्गन्धित भएको र बाटोमै दिशा पिशाब गर्ने गरेको कारण आवत जावतमा समेत कठिनाई भएको बताइएको छ । फोहरहरु चाँडै सफा नगरे सुख्खा बन्दरगाह एरियामा फोहरबाट उब्जिएका किटानुबाट रोग पनि फैलिन सक्ने अवस्था सृजना हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
    यसैगरि सो एरियामा जथाभावी ट्रकहरु पार्किङ्ग गर्नाले दुर्घटना हुने सम्भावना पनि बढेको बताइएको छ । वीरगन्ज नगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट ट्राफिक प्रहरी ड्युटीमा खटि ट्राफिक नियमलाई व्यवस्थापन गरेपनि सो एरियामा कुनै ट्राफिक प्रहरी नखटेको कारण ट्रक चालकहरुले जथाभावी पार्किङ्ग गर्ने गरेका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नगरपालिकाले फोहर नउठाउँदा ड्राइपोर्ट एरिया दुर्घन्धित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top