-

  • नयाँ खबर

    02 February, 2016

    बालकको जन्मदिन भोजमा आक्रमण हुँदा ११ को मृत्यु

     एकुपुल्को (मेक्सिको), १८ माघ । मेक्सिकोमा एकजना १५ वर्षीय बालकको जन्मदिनको अवसरमा आयोजना गरिएको समारोहमा गोली चल्दा त्यहाँ रहेका ११ जना मारिएका छन् । 
    आइतबार आयोजना गरिएको जन्मदिनको सो भोजमा गोली चलेको र त्यसमा परी ११ जना मारिनुका साथै अरु केही घाइते भएका थिए ।  
    मेक्सिकोको गुरेरो प्रान्तमा सो घटना भएको हो । सो क्षेत्रमा विगतमा पनि लागूऔषध सम्बन्धी हिंसामा परी यसरी कैयौं नागरिकको हत्या हुने गर्दथ्यो ।
    गुरेरोका गभर्नर हेक्टर अस्तुदिल्लोले भन्नुभयो– ‘‘एकजना १५ वर्षीय बालकको जन्मदिन मनाउन आयोजना गरिएको भोजमा दुःखद घटना भएको छ र त्यहाँ ११ जनाको ज्यान गएको समाचार आएको छ ।’’ गुरेरो मेक्सिकोको एक सबैभन्दा गरिब राज्य हो र त्यहाँ लागूऔषधको अवैध ओसारपसारमा सम्लग्न हुने व्यक्तिकाबीचमा विवाद तथा नरहत्या हुने गरेको बताइन्छ । सोही राज्यमा सन् २०१४ मा भएको एक आमहत्याकाण्डमा ४३ जना बालबालिका मारिएका थिए । सो हत्यामा नगरप्रहरीकै संलग्नता पाइएका समाचारहरु पनि  आएका थिए । रासस,एएफपी
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बालकको जन्मदिन भोजमा आक्रमण हुँदा ११ को मृत्यु Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top