-

  • नयाँ खबर

    11 February, 2016

    अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ : यादव

     वीरगन्ज, २७ माघ/२०७२ 
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस ,पहाड र हिमालबाट भिषण आन्दोलनको त्यारी भइरेहेको बताएका छन् । बुधबार पार्टीले बाराको देवापुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेता यादवले सो कुरा बताएका हुन् ।
    उनले दुई सय बर्षदेखि शोषित रहेका मधेसी तथा पहाड हिमालका जनजातीले अधिकार नपाउनजेलसम्म आफुहरुको आन्दोलन चलीरहने बताए । नेता यादवले भने,‘आन्दोलन तुहयो भनेर शासकहरु रमाइ रहेका छन्, तर आउने समयमा मधेसमा मात्र होइन पहाडबाट पनि आन्दोनलको आधी आउँदै छ ।’ आन्दोलन समाप्त नभएको बताउदै उनले स्वरुप मात्र परिवर्तन भएको बताए ।
    मधेस आन्दोलनले शासकहरुको डाढ भाची सकेको र अब ढलने मात्र बाकी रहेको बताउदै नेता यादवले भने, ‘शुसिल कोइराला जानु भयो तर मधेसको अधिकार खोसेर, अब अर्काको पनि पालो छ । तर हाम्रो आन्दोलन जारी रहेने छ ।’ उनले मधेसमा मधेसी र केन्द्रमाको शासनमा पनि आधीको हिसेदारीको लागी आफुहरुको आन्दोनल जारी रहेको बताए ।
    कार्यक्रममा सहअधयक्ष राजेन्द्र श्रेष्ठ, उपाधयक्ष लालबाबु राउत गदी, केन्द्रिय सदस्य करिमा बेगम, प्रमोद गुप्ता, राजकिशोर यादव, रामबाबु यादव, बिरेन्द्र यादव, बच्चा यादव, बबन सिंह राजकिशोर यादव बालकिसोर यादव बाराका जिल्ला अधयक्ष रामबाबु यादव र पर्साका  अध्यक्ष प्रदीप यादव लगायतका नेताहरूले पार्टी प्रवेश गरकाहरुलाइ स्वागत गर्दै आन्दोलनलाइ अझ शसक्त बनाइने कुरामा जोड दिएका थिए ।
    बारा जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा बारा जिल्ला बिकास समितीका पुर्ब सभापति प्रयाग राय यादव लगायत हजÞारौ कार्यकर्ताहरु संघिय समाजबादी फोरम नेपालमा प्रबेश गरेका छन ।

     
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ : यादव Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top