-

  • नयाँ खबर

    11 February, 2016

    मातृका माओवादीका बारा संयोजक यादव पक्राउ

    माघ २७ कलैया (बारा), २०७२
    मातृका यादव नेतृत्वको नेकपा माओवादीका बारा संयोजक उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।३५ बर्षीय यादवलाई कलैया नगरपालिका ३ भवानीपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध अपहरण, चोरी, आगजनी, जवर्जस्ती चन्दा असुली लगायतका उजुरी परेकाले अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराकाप्रहरी नायब उपरीक्षक बिनोद शर्माले बताए ।
    बाराको मनहर्वा ५ श्रीपुरमा रहेको रिलायन्स सुगर मिल्सको चिनी बोकेको गाडीमा आगजनी गरेको तथा बाराका एक व्यापारीलाई अपहरण गरेको लगायतका उजुरी यादवबिरुद्ध परेको छ । यादवबिरुद्ध परेको उजुरी अनुसारकै मुद्धा चलाईने बाराका डिएसपी शर्माले जानकारी दिए ।
    आफ्ना जिल्ला संयोजक पक्राउ परेकोबारे नेकपा माओवादी मातृका समुहले कुनै प्रतिक्रिया दिएको छैन ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मातृका माओवादीका बारा संयोजक यादव पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top