-

  • नयाँ खबर

    11 February, 2016

    महिनावारीबारे जान्नै पर्ने १० वैज्ञानिक कुरा

     
    सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।
    १. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।
    तथ्य  – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।
    २. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
    तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।
    ३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
    तथ्य –  यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
    ४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।
    तथ्य –  महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।
    ५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
    तथ्य –  महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।
    ६. महिनावारीको समयमा आराम गर्नुपर्छ
    तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
    ७. पिएमएसबाट गुज्रन्छन्
    तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।
    ८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
    तथ्य  – महिनावारीको रगत  सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।
    ९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
    तथ्य –  महिनावारीलाई  लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।
    १०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
    तथ्य  :  कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिनावारीबारे जान्नै पर्ने १० वैज्ञानिक कुरा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top