-

  • नयाँ खबर

    11 February, 2016

    महिला अधिकारकर्मी तथा युवा नेताहरुबीच भेटघाट

    माघ  २७ वीरगन्ज (पर्सा), २०७२
    मधेसका अधिकारकर्मीद्वव रीता साह र रुपा झाले मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका वीरगन्जका युवा नेताहरुसँग भेटघाट गर्दै छलफल गरेका छन् ।
    होटल हिरा प्लाजामा आयोजित भेटघाट कार्यक्रममा जारी मधेस आन्दोलनलाई तपाई कसरी लिनुभएको छ, आन्दोलनमा युवा र महिलाको भुमिका र आन्दोलनमा राज्यले गरेको व्यवहार बिषयमा छलफल गरिएको थियो । छलफलको क्रममा मधेसको अधिकांस जिल्लाहरु भ्रमण एवं स्थलगत अवलोकन गर्दै आज वीरगंज आईपुगेका अधिकारकर्मीद्वयलाई आन्दोलनको क्रममा भएको मानव अधिकारको उल्लंघनका घटना लगायत मधेश आन्दोलनको बारेमा युवा नेताहरुले जनाएका थिए ।
    सो कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले राज्यले जहिले पनि मधेसीहरुलाई अधिकार र पहिचान बाट बंचित गरेको हुनाले देशमा अस्थितरता उत्पन्न भएको बताउँदै आन्दोलनमा केन्द्रिय नेतृत्वको ठोस नीति नभएकोले निषेदको राजनितीले गर्दा मधेसीहरुले पाएको उपलब्धि पनि गुम्ने खतरा उत्पन्न भएको बताएका थिए ।
    यसैगरि संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले मधेस आन्दोलन सफल पार्नका लागि मधेसमा क्रियाशिल मधेसवादी पार्टीहरु एक मोर्चा बनाउन अपरिहार्य रहेको बताउँदै आन्दोलनको दौरानमा ठुला पार्टीका नेताहरुले आन्दोलन तुहाउने काम मात्र गरेको बताए ।
    यसरी नै राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले आन्दोलन सफल पार्नका लागि व्यक्तिगत ईगो त्याग गरी अब मधेसमा महागठबन्धनको आवश्यकता रहेको बताएका थिए ।
    छलफल कार्यक्रममा तराई मधेस राष्ट्रिय अभियान पर्साका संयोजक प्रमोद सिंह, युवा गठबन्धनका नेताहरु ओमप्रकास सर्राफ, असरफ अली, रमेश सहनी, कौशल यादव, मुना सोनी, मधेस आन्दोलनकारी समितिका नेताहरु अनिल गुप्ता, धुरेन्द्र पटेल, संजय पटेल, धन्नजीव मिश्रा, बिष्णु पटेल, सदभावना पार्टी पर्सा जिल्ला सदस्य किसोरी कलवार लगायतको उपस्थिति रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिला अधिकारकर्मी तथा युवा नेताहरुबीच भेटघाट Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top