-

  • नयाँ खबर

    12 February, 2016

    भारतबाट ८० मेगावाट बिजुली आयात अनिश्चित

    काठमाडौँ, २९ माघ २०७२ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात अनिश्चित भएको छ । प्रसारण लाइन निर्माण सकिए पनि विद्युत्को मूल्यमा नेपाल र भारतबीच सहमति जुट्न नसक्दा आयात अनिश्चित भएको हो । नेपाल विद्युत् प्राधिकरणले ४ फागुनबाट विद्युत् आयात गर्ने लक्ष्य राखेको थियो ।
    भारतले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात हुने विद्युत्को प्रतियुनिट मूल्य ९ रुपैयाँ १२ पैसा ९५ रुपैयाँ ७० पैसा भारु० प्रस्ताव गरेको छ । भारतीय ऊर्जा दलाल कम्पनी ९पिटिसी०सँग हाल खरिद भइरहेको मूल्य प्रतियुनिट ५ रुपैयाँ ५० पैसा ९३ रुपैयाँ ४४ पैसा भारु० मै विद्युत् पाउनुपर्ने अडानमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रसारण लाइन निर्माण सकिएर विद्युत् आयात गर्न सक्ने अवस्थामा पुगेको बताए । ‘व्यापारिक विषयमा दुई पक्षबीच वार्ता जारी छ,’ काफ्लेले भने, ‘सहमति हुनासाथ आयात गर्न सकिन्छ ।’
    हाल नेपालसँगको क्रस बोर्डर विद्युत् व्यापारका लागि भारतले एनटिपिसी विद्युत् व्यापार निगमलाई सम्पर्क निकाय तोकेको छ । प्राधिकरणले एनटिपिसीसँग विद्युत् मूल्यको वार्ता गरिरहेको बेला पिटिसीले क्रस बोर्डर प्रसारण लाइनमार्फत ३ रुपैयाँ ४४ पैसा भारुमै विद्युत् दिने प्रस्ताव प्राधिकरणसमक्ष गरेको थियो । यो एनटिपिसीले प्रस्ताव गरेको दरभन्दा सस्तो हो । त्यसपछि प्राधिकरणले पिटिसीसँग विद्युत् आयातका लागि सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई आग्रह गरेको थियो । प्राधिकरणले पत्राचार गरेको दुई दिनपछि पिटिसीले क्रस बोर्डर प्रसारण लाइन निर्माणको अनिश्चितता देखाउँदै विद्युत् दिन अस्वीकार गर्‍यो ।
    ‘भारतीय बजारबाट सस्तोमा विद्युत् पाउने अवस्था हुँदाहुँदै महँगोमा विद्युत् ल्याउने कुरै भएन,’ प्राधिकरण स्रोतले भन्यो, ‘राजनीतिक र कूटनीतिक तहमा प्रयास नभई दरमा सहमति हुने देखिँदैन, यही अवस्था रहेमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि ८० मेगावाट विद्युत् आउने सम्भावना ज्यादै न्यून छ ।’ प्रधानमन्त्री ओली फागुन पहिलो साता भारत भ्रमणमा जाँदै छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतबाट ८० मेगावाट बिजुली आयात अनिश्चित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top