-

  • नयाँ खबर

    12 February, 2016

    प्रमाणित भयो आइन्स्टाइनको सय वर्ष पूरानो सिद्धान्त

    गुरुत्वाकर्षण तरंग पत्ता लागेसँगै ब्रम्हाण्डको बारेमा विद्यमान बुझाइको नयाँ युग सुरु हुने वैज्ञानिकहरुको भनाइ छ ।
    अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त अनुसार गुरुत्वाकर्षण तरंग पनि प्रकाश तरंगकै गतिमा हिँड्छन् । तर हालसम्म गुरुत्वाकर्षण तरंगको कुरा केवल सिद्धान्तमै सिमिति थियो र वैज्ञानिकहरुले यसलाई पत्ता लगाउन सकेका थिएनन् ।
    अमेरिकाको लिगो अब्जर्भेटरीका वैज्ञानिकहरुले आफुहरुले ब्लाकहोलहरु ठोक्किँदा निस्कने तरंग पत्ता लगाएको बताएका छन् । लिगो परियोजनाका कार्यकारी निर्देशक डेभिड रेइट्जले भनेका छन् स् हामीले गुरुत्वाकर्षण तरंग पत्ता लगाएका छौँ ।
    बीबीसीसँगको कुराकानीमा म्याक्स प्लांक इन्सटिच्युट फर ग्रेभिटेसनल फिजिक्स तथा लेबनिज युनिभर्सिटीका प्राध्यापक कास्र्टन डान्जम्यानले गुरुत्वाकर्षण तरंगको खोजलाई डिएनएको स्वरुप तथा हिग्स पार्टिकलको खोज जत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
    उनका अनुसार यो खोजले नोबेल पुरस्कार प्राप्त गर्ने हैसियत राखेको छ । पहिलोपटक गुरुत्वाकर्षण तरंग तथा ब्लाकहोललाई प्रत्यक्ष रुपमा पत्ता लगाइएको छ । जसबाट आइन्स्टाइनको एक सय वर्ष अघिको भविष्यवाणी सही सावित भएको छ । पृथ्वीभन्दा अरबौँ प्रकाशवर्षको दूरीमा रहेका ब्लाकहोलहरु ठक्करखाँदा अन्तरीक्ष तथा समयको सम्बन्ध पत्ता लागेको छ ।
    गुरुत्वाकर्षण तरंग निकै सुक्ष्म रहेको र त्यसलाई इन्टरफेरोमिटर्स नामक उपकरणमा एक अणुको चौडाइ बराबरको हिस्सा जत्तिकै उपस्थिति जनाउँदछ । यसबाट ब्रम्हाण्डको उत्पत्तिको विषयमा रहेको बिग ब्यांग सिद्धान्तलाई परिस्कृत गर्नमा नया ढोका खुल्ने वैज्ञानिकहरुको भनाइ छ । बीबीसी
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रमाणित भयो आइन्स्टाइनको सय वर्ष पूरानो सिद्धान्त Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top