-

  • नयाँ खबर

    10 February, 2016

    सुशीलको अन्तिम यात्रा तस्वीरमा


    माघ, २७ काठमाडौं । २०७२
    नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
     
    कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् । त्यसअघि स्व। कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उनलाई १३ तोपको सलामी दिइएको छ ।
     
    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
    कोइरालाप्रति अन्तिम श्रद्धान्जली दिन प्रमुख दलका नेता, कूटनीतिज्ञ, कांग्रेस नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
     

    यसअघि दशरथ रंगशालाबाट शव यात्रा सुरु भएको थियो । शव यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
    पूर्व प्रधानमन्त्री कोइरालाको सोमबार राति १२:५० मा निधन भएको थियो ।
     
     










    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सुशीलको अन्तिम यात्रा तस्वीरमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top