-

  • नयाँ खबर

    10 February, 2016

    अर्को विश्वकपमा सोझै छनोट हुन नेपालले नामिबियालाई हराउनै पर्ने

    माघ, २७ काठमाडौं ।
    बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
    बुधबार भएको सुपरलिग प्लेअफ सेमिफाइनलमा नामिबिया इंग्ल्याण्डसँग २०३ रनले पराजित भएको छ । यससँगै नेपालले नामिबिया प्रतिद्वन्द्वी पाएको छ ।
    अब सन् २०१८ मा हुने विश्वकपको अर्को संस्करणमा सोझै छनौट हुन नेपालले भोलि हुने खेलमा नामिवियालाई हराउनै पर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यो संस्करणमा शीर्ष स्थानमा रहने एसोसिएट टीमले अर्को विश्वकपमा साझै स्थान बनाउने निर्णय गरेको थियो । यो पटक नेपाल र नामिबिया क्वार्टरफाइनलमा पुगेका थिए ।
    अब सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिविया भिड्ने भएपछि यो खेलको विजेताले नै अर्को विश्वकपमा स्थान बनाउनेछ ।
    • के हो सुपरलिग प्ले अफ ?
    विश्वकपका शीर्ष आठ टोलीबीचको क्वाटरफाईनल खेलमा पराजित भएका चार टोलीहरु सुपर लिग प्ले अफ तर्फ खेल्नेछन् ।
    नेपालले सोमबार पाकिस्तानसँग पराजय व्यहोरेको त्यही प्लेफ सेमिफाइनलमा हो । सुपर लिग प्ले अफ बिश्वकपको पाँचौं, छैटौं, सातौं र आठौं स्थानको लागि हुन्छ ।
    पाँचौं स्थानको लागि भएको स्पर्धामा पाकिस्तानसँग पराजित भएको नेपालले सातौं स्थानको लागि नामिवियासँग भोलि प्रतिस्पर्धा गर्नेछ । त्यस खेलमा जित हात पारेमा नेपालले विश्वकपको सातौं स्थान हात पार्नेछ भने अर्को विश्वकपका लागि सोझै छनौट पनि हुनेछ ।
    भोलिको खेलमा नेपालले नामिवियाबिरुद्ध जित हात पारेमा यू(१९ विश्वकपमा नेपालले अहिलेसम्मको ठुलो सफलता हुनेछ । यसअघि सन् २००० मा विश्वकप क्वाटरफाइनलमा पुगेको नेपाल प्रतियोगितामा आठौं भएको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्को विश्वकपमा सोझै छनोट हुन नेपालले नामिबियालाई हराउनै पर्ने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top