-

  • नयाँ खबर

    09 February, 2016

    वीरगंज नाकाबाट भित्रन थाल्यो इन्धन, पहिलेकै अवस्थामा फर्किन महिना दिन लाग्ने

    सोमबार राति भारत रक्सौल डिपोबाट इन्धन लिएर वीरगंज फर्किदै ट्याक्रहरु । तस्बिरःजियालाल साह
     माघ २६ पर्सा    
    जियालाल साह
    १३५ दिनको लामो नाकाबन्दीपछि शुक्रबारदेखि शुचारु भएको वीरगंज नाकाबाट सोमबार रातिबाट इन्धन भित्रिन थालेको छ । 
    नाकाबन्दीका बेला नेपाल सरकारले रि–रुट गरि देशको अन्य नाकाहरुबाट इन्धन मंगाएका कारण वीरगंज नाकाभएर इन्धनका गाडीहरु भित्रिन सकेका थिएनन् । नाकाबन्दी अघि (स्याप) प्रोग्रामिङ स्थानान्तरण गरि नेपालगंज, भैरहवा लगायत अन्य नाकाबाट इन्धन भित्राएको नेपाल आयल निगमले पुनः वीरगंज नाकामै स्थानान्थरण गरेकाले अब हरेक दिन वीरगंज नाकाभएरै इन्धन भित्राउन सकिने नेपाल आयल निगम मध्य क्षेत्रिय इन्धन अमलेखगंज डिपोका प्रबन्धक भानुभक्त खनालले बताए ।
    शुक्रबारबाट छुटफाट रुपमा सञ्चालनमा आएको वीरगंज भन्सार कार्यालयबाट ४ वटा ग्यास ट्याक्र भित्रिएका थिए । अरु इन्धनका लागि भने शनिबार र आईतबार (आई.ओ.सि.) इन्डिया आयल निगम केन्द्रिय कार्यलय गुड गाऊँमा विदा हुने हुँदा २ दिन पछि सोमबार मात्रै नेपाल आयल निगमको निर्देशनमा पुरानै (स्याप)को बाटो निर्धारण गरि सोमबार राति ११ वटा डिजल, ७ पेट्रोल र ६ हवाई इन्धन गरि २४ टयाक्र तेल रक्सौलबाट भित्रिएको डिपोका प्रबन्धक भानुभक्त खनालले बताए । उनले भने भोलि २५ केएल भित्राउने तयारी भईरहेको छ ।
    • अवस्था नाजुक, पहिलेकै अवस्थामा फर्किन महिना दिन लाग्ने !

    अहिलेको अवस्था निकै कम स्टकमा यदाकदा जेनतेन गरि कृषक, खाद्यान्न उधोग, बस, सुख्खा बन्दरगाह, अस्पताल, दमकल लगायतलाई वितरण गरिरहेको डिपोका प्रबन्धक भानुभक्त खनालले बताए । उनले भने हामिले बारा, पर्सा, रौतहट र सर्लाहि लगायत तराईको जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा तेल उपलब्ध गराईरहेकाले नेपाल आयल निगमको अहिलेको अवस्था नाजुक रहेको छ ।
    जाडो याममा अरु समयभन्दा २५ प्रतिशत बढ्ता इन्धन खपत हुने हुँदा माग अनुसार पुर्ति गर्न नसकेकाले नेपाल आयल निगममा बढता जनगुनासो र आक्रोश पोख्नु स्वाभाविक समेत रहेको खनालले बताए । नाकाबन्दी यदि साच्चिकै हटाएकै हो भनेपनि (आई.ओ.सि.) इन्डिया आयल निगमले पहिलेकै अवस्थामा इन्धन पठाउने काम ग¥यो भने महिनादिनमा सम्पुर्ण समस्या टरेर जाने उनले बताए । अहिले सबै ठाउँमा सटेज भईरहेको अवस्थाले गर्दा हामि अमलेखगंज डिपोमा कम स्टकमै तेल वितरण गरि सहज वातावरण बनाउनमा लागेको बताए ।
    वीरगंज नाकाबाट मात्रै सरदर रुपमा दैनिक १५० देखि २०० सम्म, हवाई इन्धन, पेट्रोल, डिजल, मट्टितेल लगयतकाका गाडिहरु जाने गर्दथ्यो । यसबाट मात्रै वीरगंज भन्सार कार्यालयले ५ करोड बढी राजश्व संकलन गर्ने गर्दछ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंज नाकाबाट भित्रन थाल्यो इन्धन, पहिलेकै अवस्थामा फर्किन महिना दिन लाग्ने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top