-

  • नयाँ खबर

    11 February, 2016

    राज्यलाई झुकाएरै छाड्छौं : महन्थ ठाकुर


    माघ २७ विराटनगर,२०७२
    मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको विदेभ अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
    राज्यले भाषा, रंग र भेषका आधारमा मधेसमाथि विभेद गरेको उनको आरोप छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने(‘अहिले आन्दोलन रोकिएको छैन, स्वरुप मात्र परिर्वतन भएको हो ।’ विभेद अन्त्य नहुँदासम्म आन्दोलन गर्ने भन्दै उनले राज्यलाई झुकाएरै छाड्ने बताए ।
    तमलोपा अध्यक्ष ठाकुरले सीमांकन आफूहरुको मुख्य माग भएको बताए । यसबारे कार्यदल स्तरमा समेत सहमति खोज्न सकिने उनको भनाइ थियो ।
    सञ्चारकर्मीको प्रश्नमा नेता ठाकुरले मधेसी मोर्चाको विधान विपरितको गतिविधि गरेकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराएको बताए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: राज्यलाई झुकाएरै छाड्छौं : महन्थ ठाकुर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top