-

  • नयाँ खबर

    02 February, 2016

    कनिष्ठलाई राजदूत बनाउने चलखेलमा अख्तियारको हस्तक्षेप

    माघ १९, २०७२
    परराष्ट्रका सहसचिवहरुबीच वरिष्ठताका आधारमा राजदूत नियुक्ति हुनुपर्ने भनी लामो समय देखि चल्दै आएको बहस अब टुंगो लाग्ने भएको छ । वरिष्ठताको मर्यादाक्रमबारे अख्तियारदेखि अदालतसम्म धाएका परराष्ट्र मन्त्रालयले नियुक्तिको आधार वरिष्ठतालाई नै बनाएर राजदूत सिफारिस गर्ने भएपछि त्यो अन्यौल टुंगिएको हो ।
    परराष्ट्रले वरिष्ठताभन्दा मन्त्रालयमा बसेर काम गरेको आधारमा सहसचिवहरूलाई राजदूत सिफारिस गर्ने गर्दा लामो समयदेखि विवाद हुँदै आएको थियो । यसलाई टुंगो लगाउन पूर्वपरराष्ट्र सचिवदेखि विभिन्न संवैधानिक निकायबाट समेत सुझाव आइरहेको थियो ।
    यसअघि दलगत तवरमा प्रभावशाली कनिष्ठ सहसचिवहरुले आफू अनुकुलका प्रावधान लागु गराउँदै राजदूत नियुक्ती लिएका थिए । यस्तालाई फिर्ता बोलाएर भए पनि वरिष्ठतामा कडा रहन विज्ञहरुबाट समेत सुझाव आइरहेको अवस्थामा अख्तिायारले चासो देखाएको हो ।
    मन्त्रालय वा नियोग जहाँ रहेपनि परराष्ट्रकै कर्मचारी हुन् भन्ने तवरबाट वरिष्ठता कायम गरिनु वैज्ञानिक हुने सुझाव आएपछि यस्तो निर्णयमा मन्त्रालयलाई बाध्यकारी भएको उच्चस्रोतले बतायो । वरिष्ठताका विषयमा अख्तियारले समेत चासो देखाएपछि परराष्ट्र आँफैले राजदूत नियुक्तीको मर्यादाक्रम मिलाउन लागेको हो ।
    परराष्ट्रका सहसचिवलाई अख्तियारमा बोलाएर यस्ता समस्याबारेमा जानकारी लिएको अधिकारीहरुले बताए । यसअघि वरिष्ठलाई उछिनेर कनिष्ठ सहसचिवहरु राजदूत भएपछि यो विषय मन्त्रालयभित्र लामो बहसमा थियो । नेताको घरदैलो गरेर मन्त्रालय भित्र नै भागवण्डा भएपछि यसलाई वैज्ञानिक बनाउन मन्त्रालयका केही सहसचिवहरु लागिपरेका थिए । तर, अख्तियारले यसलाई सहज बनाइदिन लागेको ति अधिकारीले दाबि गरे ।
     सरकारले वरिष्ठलाई उछिन्दै राजदूत भएकाहरुलाई फिर्ता बोलाएर उक्त स्थानमा मन्त्रालयमा रहेका वरिष्ठ सहसचिवलाई पठाउने वा सबै वरिष्ठलाई पठाएर त्यो ग्याप पुरा गर्नुपर्ने भएको छ ।
    अनिवार्य अवकास पाउने बाहेक अन्यको हकमा मन्त्रालयले सहसचिव नियुक्तिलाई नै वरिष्ठता मान्न पर्नेमा जोड दिनुपर्ने विषय मन्त्रालय भित्र नै उठेको हो । पोष्टिङ समेत सर्तसहित गर्न थालेको मन्त्रालयले यस्ता विषयमा ध्यान नदिँदा समस्या परेको हो ।
    पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य सहसचिव हुँदा भारतस्थित नेपाली दूतावासमा उपप्रमुख रहेकै अवस्थामा राजदूत नियुक्त भएदेखि वरिष्ठताको आधार सहसचिवको नियुक्तिपत्रमा आधारित थियो । तर उनी स्वयं परराष्ट्र सचिव रहँदा नियोगकालाई नभई मन्त्रालयमा कार्यरतलाई नियुक्तिमा सिफारिस गरेपछि प्रक्रिया बिग्रिएको अधिकारीहरु बताउँछन् ।
    वर्तमान परराष्ट्र सचिव शंकरदास बैरागी सहसचिव रहेर न्यूयोर्कस्थित नेपाली नियोगमा उपप्रमुख हुँदै जेनेभाको राजदूत भएका थिए । तर पछिल्लो समय यस्ता विषयलाई वेवास्ता गर्दै राजनीतिक नेतृत्वमा वरिष्ठतालाई तलमाथि गरिएको हो ।
    जसको कारण वरिष्ठ सहसचिव मन्त्रालयमा राजदूत नियुक्तिका लागि पर्खाइमा छन् भने कनिष्ठहरु राजदूतको कार्यकाल सकेर फर्किने अवस्थामा छन् ।
    कतिपय वरिष्ठ नियोगका उपप्रमुख र कनिष्ठ राजदूत भएको अस्वभाविकता देखिनु मन्त्रालय भित्रको राजनीतिक हस्तक्षेप र नातावाद हावी हुनु मुख्य कारक रहेको अधिकारीहरु बताउँछन् ।
     अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा यस्ता विषयमा उजुरी समेत परेकोले अख्तियारल यो विषयमा अध्ययन गरिरहेको र मौखिक जानकारी मन्त्रालयलाई गराइसकेको एक अधिकारीले बताए । हरेक पटक फरक–फरक र अनुहार हेरेर मर्यादाक्रम बनाएको विषयमा अख्तियारले वर्तमान र अघिल्ला सचिवलाई समेत बोलाएर सोध्ने तयारी थालेको स्रोतले बतायो ।
    वरिष्ठ सहससचिवहरु नियोग उपप्रमुख भएर बस्न पर्ने तर कनिष्ठहरु ठूला भनिएको दूतावासमा राजदूत हुने परम्पराको अन्त्य गर्न अख्तियारले गम्भिर चासो देखाएको छ । परराष्ट्रसँगै दूतावासको समेत सुध्रिढिकरणमा अख्तियारले चासो देखाएको ति अधिकारीले बताए ।
     ‘हामीले कूटनीतिक आचारसंहिता, वरिष्ठता, समयभन्दा बढि दूतावासमा रहनेहरुबाट रकम फिर्ता लिने जस्त कार्य गर्न परराष्ट्रलाई लेखेका छौ,’ अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले कान्तिपुरसँग भने, ‘कतिपय मौखिक सरसल्लाह पनि दिएका छौं ।’
    मन्त्रालयसँग अख्तियार नियमित सम्पर्कमा रहेर काम गरिरहेको र धेरै सुधारको कार्य अघि बढेको पनि उनले बताए । यतिबेला मन्त्रालय राजदूतको इन्डिकेटर बनाएर कार्यक्षमता मापन गर्ने विषयमा लागि रहेको भएपनि आँफै भित्रको यो असहजतामा भने ध्यान नपुगेको अवस्थामा सुधार हुन लागेकोमा सहसचिवहरु खुशी देखिएका छन् ।
    ‘वरिष्ठता कायम नै छ । तर राजदूत नियुक्ति वरिष्ठतासँग कसरी जोड्ने र यो विषय फरक होला रु त्यसमा म अनविज्ञ छु,’ परराष्ट्रका प्रवक्ता ताराप्रसाद पोखरेलले भने ।
    मन्त्रालयका तीन सहसचिव वर्णानुक्रममा वरिष्ठ भएपनि नियोग उपप्रमुख छन् भने तीन सहसचिव कनिष्ठ रहँदारहँदै पनि राजदूत रहेकाले यो विषय उठेको हो । परराष्ट्र सचिव बैरागीले सुधारको कामहरु भइरहेको र मन्त्रालय भित्र राजदूत नियुक्तिमा विवाद नहुने दाबि गरे । मन्त्रालय सबैलाई मान्य हुनेगरि मापदण्ड नै तयार गरेर अघि बढ्नलागेको पनि उनले स्पष्ट पारे BY-ekantipur.com
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कनिष्ठलाई राजदूत बनाउने चलखेलमा अख्तियारको हस्तक्षेप Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top