-

  • नयाँ खबर

    23 October, 2016

    ब्युटीपार्लर स्थापना तथा ब्यवथापन कसरी गर्ने ?


    राधिका केसी /
    मध्य नेपाल सन्देश,
    जनसंख्याको बढदो चाप, शहरीकरण र सौन्दर्य प्रति मानिसको अति जागरुक्ता संगै ब्युटिपार्लर व्यवसाय आधुनिक युगको एउटा राम्रो आम्दानी हुने व्यवसाय मध्यको एक हो । प्रत्येक मानिसमा राम्रो हुने चाहना धेरै वा थोरै हुन्छ । 
    आजको भौतिक युगमा मानिसहरु आफनो आर्थीक अवस्थाले भ्याए सम्म प्रत्येक सुबिधा भोग गर्न चाहन्छन ।  राम्रो स्वस्थ हुन खोज्नु मानिसको मानसिक चाहना र जिवनको अनिवार्यता हो । मानिसको यहि चाहनालाई मुर्त रुप दिन आज कल कयै व्युटिपार्लर व्युटिक्लिनिक र हेल्थ क्लवहरुको जन्म भएको छ । व्युटिपार्लर व्यवसाय महिलाहरुको लागि एउटा सम्मानीत सजिलो र नाफा हुने व्यवसाय हो । 
    यसका माध्यमबाट बेरोजगार महिलाहरुले थोरै लगानी गरेर धेरै नाफा कमाउन सक्षम भएका छन ।  व्युटिपार्लर व्यवसाय एउटा कलामा आधारित व्यवसाय हो । त्यसैले यो संचालन गर्ने मानिस कलात्मक अभिरुचि भएको महिला भएमा अझै सफलता पाउन सक्छन । 
    किन भने व्युटिपार्लरमा कूरुप महिलालाई पनि आफनो सिप र कलाको प्रयोग गरी राम्रो देखाउन सकिन्छ । र अनुहार तथा शरिरको अन्य भागमा भएको दोष र त्रुटिहरुलाई लुकाएर गुण र सुन्दरतालाई अझै शसतm बनाउन कलात्मक आखा र दिमागले मात्र सक्छ । यो गुण सवैमा हुदैन एउटा हजाम र व्युटिसियनमा यहि नै फरक हुन्छ ।  
    सफल व्युटिसियन हुनको लागि राम्रो र भौतिक सुविधा सम्पन्न पार्लरमा भने कस्टमर चार्ज फरक हुन्छ । 
    सुबिधा सम्पन्न पार्लर कुनै पनि ब्यस्त ठाउमा १÷२ जना हेल्फर राखेर खोल्न सकिन्छ । भने साधारण व्युटिपार्लर ऐक्लैले एउटा कोठा लिएर वा घरमा नै टोल छिमेकीको २÷४ महिलाको लागि खोल्न सकिन्छ । पार्लर ठुलो होस वा सानो काम व्युटिसियनको दक्षता र कार्य कुशलतामा आधारित हुन्छ तर शुल्क र रेट धेरै नै फरक हुन्छ । र सन्तुष्टि भने खाना एउटै हो । तर टपरिमा खाएको जस्तो र डिनर प्लेटमा खाएको जस्तो हुन्छ । 
    व्युटिपार्लर सानो होस वा ठुलो जे जस्तो भए पनि सफा, स्वच्छ, र बसुन्जेल आरामदायि हुन जरुरी छ । कहिले काही भीडको कारण आदीको  कारण पार्लरमा लामो समय सम्म कस्टमरहरुलाई बस्नु पर्ने हुन्छ । 
    यस्तो बेलामा बोर नहोस भनेर चिया मनोरंजन आदीको व्यस्था गर्न सकेमा कस्टमरलाई अझै सन्तुष्टि दिन सकिन्छ । र उनीहरुलाई पटक पटक आउन मन लाग्ने हुन्छ । 
    व्युटिपार्लर खोल्नको लागि न्युनतम ५० हजार देखि ४/५ लाख सम्म खर्च गर्न सकिन्छ । र एउटा कोठा देखि सिंगै घरमा संचालन गर्न सकिन्छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ब्युटीपार्लर स्थापना तथा ब्यवथापन कसरी गर्ने ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top